बीपीडब्लु लघुवित्तको आईपीओ बाँडफाँट – Jaleshwortoday

बीपीडब्लु लघुवित्तको आईपीओ बाँडफाँट

 March 17, 2023  
nn

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ३ चैत्र

बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ। आईपीओ निष्कासनका लागि लघुवित्तले धितोपत्र निष्कानस तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको मेगा क्यापिटल मार्केट्सले आईपीओ बाँडफाँट गरेको हो ।

लघुवित्तले १८ फागुनदेखि २३ फागुनसम्म सर्वसाधारणका लागि ८० लाख ९५ हजार रुपैयाँ बराबरको ८० हजार ९५० कित्ता साधारण निष्कासनमा ल्याएको थियो। लघुवित्तको आईपीओमा कुल १४ लाख ५९ हजार ७८४ जनाले १ करोड ५७ लाख ३५ हजार ८१० कित्ता सेयरका लागि आवेदन दिएका बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । जसमध्ये १ हजार ५०६ जनाको आवेदन रद्द हुँदा १४ लाख ५८ हजार २७८ आवेदन स्वीकृत भएको भएको छ।

मागभन्दा बढी आवेदन परेकाले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा मार्फत लघुवित्तको आईपीओ बाँडफाँट गर्दा कुल ८ हजार ९५ जनाले १० कित्ताका दरले लघुवित्तको सेयर प्राप्त गरेका छन्।