जलेश्वरटुडे समाचारदाता
धनुषा, ६ चैत्र

मधेस प्रदेशको राजधानी जनकपुरधाममा अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले हस्तकला अन्तर्गत कागजको घर बनाउने प्रतिस्पर्धा गराएको छ

। यस अन्तर्गत कक्षा २ र ४ विद्यार्थीहरु सहभागि भएका थिए । प्रतिस्पर्धामा सहभागि २ दर्जन भन्दा बढी बिद्यार्थीहरुले पातलो तथा मोटो कागज प्रयोग गरी

बनाएर ल्याएका विभिन्न किसिमका रंगीचंगी घरहरुको अवलोकन विद्यालयका प्रधानाध्यापक प्राध्यापक पवन कुमार साह,उपप्रधानाध्यापक सोनी साह,वरिष्ठ शिक्षक सरोज कुमार झा,विवेकानन्द झा लगायत शिक्षक,शिक्षिका,कर्मचारीहरु

तथा विद्यार्थीहरुले अवलोकन गरेका थिए । विद्यालयको प्रधानाध्यापक साहले शिक्षिका रोशनी यादवको निर्देशनमा बनाइएका घरहरु ज्यादै नै मनमोहक तथा तथ्यपरक रहेको बताउनु भएको थियो । साथैे विद्यार्थीहरुलाई सानै कक्षादेखि

यसरी हस्तकला लगायतका प्रतिस्पर्धाहरुमा सहभागि गराए तिनीहरुको क्षमताको पहिचान तथा विकास हुने पक्का देखिन्छ भन्ने कुरा प्रधानाध्यापक साहले

बताउनु भयो । प्रतिस्पर्धामा सहभागि विद्यार्थीहरु मध्ये कक्षा २ को रोहित साहले एक तल्ले माटोको घर बनाएर प्रथम भएका थिए जसबाट नेपालको ग्रामीण भेगको

मौलिकता तथा बास्तविकता झलिएको थियो भने कक्षा ४ को जीत रामले बगैचा सहितको २ तल्ले घर बनाएर द्वितिय भएका थिए । त्यसैगरी कक्षा २ को सुजित

रामले ३ तल्ले घर बनाएर तृतिय भएका थिए । उत्कृष्ट विद्यार्थीहरुलाई उपप्रधानाध्यापक सोनी साहले प्रशंसा प्रमाणपत्र प्रदान गरेर सम्मान गर्नु भएको थियो ।









