जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २८ चैत्र
तीन महिनापछि कोरोना संक्रमणका कारण मंगलबार एक जनाको मृत्यु भएको छ । वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । करिब ३ साताअघि उनी अस्पताल भर्ना भएका थिए । कोरोना संक्रमणबाट यसअघि २३ पुसमा एक जनाको मृत्यु भएको थियो । यस्तै, मंगलबार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४३६ नमुनामध्ये ४७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र १ हजार ९६० जनाको एन्टीजेन परीक्षण गर्दा ३२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोनाको संक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ ।
