दलित मुक्तिको प्रश्न - Jaleshwortoday

Blackpool slots

  1. Wanabet Casino Login App Sign Up: These options include Neteller, Eco, Skrill, MasterCard and many more.
  2. Touch Casino Login App Sign Up - Something we should point out here is that are effectively two different types of gambling sites accept this digital currency.
  3. United Kingdom Casino Guide Website: The bonus options in the form of real money and free spins are enormous at Johnny Kash casino.

Free 3d roulette

57 Bingo Sites New Zealand
This will activate your new account, and the whole process should be completed in just a few minutes.
Best Online Slots With Highest Rtp
Ensure you understand all the terms first.
Our Mansion casino online review will tell you more about the availability of options, payment methods, and other important aspects that differ a quality site from an average one.

Free gambling money in Sydney

Is The Online Casino Real
These include some of the biggest and most popular names around, like NetEnt, Red Tiger Gaming, and Microgaming.
No Deposit Welcome Bonus Online Casinos Australia
The Trojan Horse is next on the paytable, granting 3 coins, 100 coins, 500 coins and 1250 coins for 2, 3, 4 and 5 matching symbols respectively.
Casino Online Uk Real Money

दलित मुक्तिको प्रश्न

 २८ कार्तिक २०७७, शुक्रबार ०१:४८  
Bittu

  • बिटु पासवान

जलेश्वर टुुडे

नेपालको लामो इतिहास र वर्तमानलाई हेर्दा विभिन्न राजनीतिक दलका पार्टी सङ्गठनमा दलित सहभागिता निकै न्यून देखिन्छ । २०६८ सालको जनगणनाअनुसार दलितको जनसङ्ख्या १३।८ प्रतिशत छ । यद्यपि, दलित समुदायले २० प्रतिशत दाबी गर्दै आएका छन् । राज्यको तथ्याङ्क कम र सङ्घ संस्थाको तथ्याङ्क बढी किन रु दुवैलाई अध्ययन गर्दा दलित समुदायमाथि हुने जातीय भेदभाव र उत्पीडन, हिंसा, पीडा, अपमानजस्ता अमानवीय व्यवहारलाई सहन निकै कठिन भए आफ्नो जातको थर परिवर्तन गरेको भन्ने आधारलाई बल पुग्छ । यसैगरी अर्कोतर्फ दलित समुदायको बस्तीमा गणकहरू नपुग्ने भएकाले राज्यको तथ्याङ्कमा कम देखिएको हुन सक्छ ।
नेपालको सात दशकको राजनीतिक आन्दोलनमा दलित समुदायले पनि अग्रस्थानमा रहेर योगदान गरेको पाइन्छ । हरेक आन्दोलनको समयमा राजनीतिक दलले उत्पीडित समुदायका मुद्दाहरू उठाएको देखिन्छ । ती मुद्दाहरूमध्ये दलित समुदायको मुद्दा पनि एक हो । वर्षौंदेखि अहिलेसम्म वर्णव्यवस्थाको संरचनाले पिल्सिएका दलितका पीडा वर्णन गरेर साध्य छैन । जस्तै, जातीय विभेद र हिंसा, छुवाछूत, श्रम शोषण, यौन शोषण, कमैया, हलियाजस्ता दासप्रथा, कला, ज्ञान, सीपको अपमान, बालीघरे प्रथा, बोक्सीको आरोपजस्ता अन्यायको उत्पीडनको सयौँ बोझका खातैखात छन् । जातीय उत्पीडनको शृङ्खला यतिमा मात्र सीमित छैन । राज्यले मूलतः राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबाट वञ्चित ग¥यो, जसले गर्दा अशिक्षित र गरिब हुन पुगे दलित । यो संरचना परिवर्तनका लागि सामाजिक र राजनीतिक रूपमा पटक–पटक आन्दोलन नभएका होइनन् ।
नेपालमा वर्ण व्यवस्थाको सुरुवात भएसँगै जातीय विभेदको सुरुवात भएको देखिन्छ । त्यसपछि जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्थाले देशमा उत्पीडित समुदायमाथि शोषण, दमन गर्दै आए । अधिकार र प्रजातन्त्रको प्राप्ति, जनयुद्ध र लोकतान्त्रिक गणतन्त्रका लागि भएको जनआन्दोलनमा दलित समुदायका सहादत प्राप्त गरेको इतिहास छ । तर, गणतन्त्र प्राप्तिपछि पार्टीहरूमा दलितहरूको त्याग र बलिदानको उचित मूल्याङ्कन हुन सकेको छैन । आमरूपमा कम्युनिस्ट र काँग्रेसलगायतका राजनीतिक दलले आफ्नो सिद्धान्त, नीति र विधानमा दलित समुदायको समानुपातिक सहभागिता सुनिश्चित गर्न सकेका छैनन् भने पार्टीको कार्यकारी भूमिकामा दलितको प्रतिनिधित्व नगन्य छ । देशमा अहिले गणतान्त्रिक लोकतान्त्रिक शासन व्यवस्था छ । मुलुकले नयाँ संविधान प्राप्त गरेको पाच वर्षभइसकेको छ । संविधानमा दलितको हकहितलाई सुनिश्चित गरिएको छ । संविधानको धारा २४ मा दलितको हक, धारा ४० मा छुवाछूतविरुद्धको हकको व्यवस्था गरिएको छ । तर, संविधानमा उल्लिखित अधिकारको प्रभावकारी कार्यान्वयन हुन सकेको पाइँदैन । दलित समुदायले आन्दोलनबाट स्थापित गरेको परिवर्तनका मुद्दाहरूको सम्बोधन हुन सकेको छैन । संविधानमा पछाडि पारिएका सीमान्तकृत समुदायलाई राज्यको मूलधारमा ल्याउन संविधानले समानुपातिक समावेशी आरक्षणको विशेष व्यवस्था गरेको छ । तर, कानुनको अभावमा कार्यान्वयन हुन नसक्नु आजको ठूलो चुनौती हो । देश र जनताको विकासका लागि दलित समुदायको महŒवपूर्ण भूमिका छ । तर, दलितलाई अयोग्य ठह¥याउने, उनीहरूको क्षमता र योगदानलाई महŒव नदिने, निर्णय प्रक्रियामा सहभागी गराउन नखोज्ने र दलित महिला भएकै कारण नेतृत्व प्रदान नगर्ने, दलित समुदायका जनप्रतिनिधिलाई पार्टीभित्रै जातीय भेदभाव र अपमान गर्नेजस्ता क्रियाकलापहरू भइरहेका छन् ।
जातीय भेदभावबाट अहिले पनि सयाँै दलित हिंसामा परेको देखिन्छ भने कैयाँैको छुवाछूतको नाममा हत्यासमेत भएको छ । अझ दलित महिलाले दोहोरोतेहरो हिंसा भोग्नुपर्ने विडम्बना हाम्रो समाजमा विद्यमान छ । संविधानले दिएको अधिकारबाट समेत दलित महिलालाई वञ्चितीकरण गर्न खोजेको देखिन्छ । राजनीतिक रूपमा अझै पनि दलित र महिलाका सवालमा हाम्रो समाजमा वर्णव्यवस्था र पितृसत्ताको चिन्तन अझै हटेको छैन । पुरानै सामन्ती र पितृसत्तात्मक चिन्तन बोकेको संरचना रहेसम्म समानुपातिक समावेशी नारा सार्थक बन्न सक्दैन भने समृद्ध नेपाल, सुखी नेपालीको नारा पनि नारामै सीमित हुने देखिन्छ । संविधान परिवर्तन भए पनि कानुन र नीतिगत व्यवहारमा परिवर्तन भएको पाइँदैन । समाजमा धर्म र संस्कृतिको नाममा परम्परागत व्यवहारकै वर्चस्व कायमै रहेको पाइन्छ । संविधानले दिएको अधिकारलाई नीतिगत रूपमा अक्षरशः पालना गर्न गराउन पनि राज्यको उदासिनताले उत्तिकै ढिलाइ भइरहेको छ ।
केन्द्र, प्रदेश र स्थानीय तहमा राजनीतिक रूपमा केही आरक्षणको व्यवस्था गरिएको छ । स्थानीय तहमा महिला र दलित महिलाले ४० प्रतिशतको हाराहारीमा जनप्रतिनिधिका रूपमा प्रतिनिधित्व गर्न पाएका छन् । तर, एउटा वडामा एक सदस्यका रूपमा जनप्रतिनिधि हुँदैमा आमदलितका समस्या समाधान हुन सक्दैन । यो एउटा सुरुवातमात्र हो । राज्यको सबै संरचनामा दलित समुदायको प्रतिनिधित्व र निजी क्षेत्रमा पनि समानुपातिक सहभागिताको व्यवस्था हुनुपर्छ । दलित समुदायलाई राज्यको मूलधारमा ल्याउन राज्य र राजनीतिक दलले विशेष नीतिगत व्यवस्था बनाउनुपर्छ ।
दलितलाई हरेक क्षेत्रमा सक्षम बनाउन नेतृत्वदायी भूमिका प्रदान गरिनुपर्छ । अहिले पनि दलित महिला जातीय उत्पीडनमा छन् । घर, समाज, शिक्षा, स्वास्थ्य, रोजगार, राजनीति र आर्थिकजस्ता समस्याको जर्जर उत्पीडनमा रहेका दलित महिलाको मुक्तिको बाटो कहाँ र कसरी सम्भव छ भन्ने कुरा खुट्याउन समाजमा रहेको पितृसत्तात्मक सोच, वर्णव्यवस्था, नातावाद र सामन्ती चिन्तनले रोकेको छ । त्यसैले वर्णव्यवस्था, पितृसत्ताको गहिरो जरालाई काट्नुपर्छ । त्यस्ता चिन्तन हटाई सकारात्मक चिन्तन मनन कार्यान्वयन गर्नु गराउनुपर्छ । वर्तमान समयमा राज्यले जातीय छुवाछूत तथा भेदभाव पूर्ण रूपमा अन्त्यको घोषणा गर्ने र संविधानको कार्यान्वयनका निम्ति कानुन र नीति बनाई सहर, गाउँ र बस्तीहरूमा ¥याली, गोष्ठी, अन्तक्र्रिया कार्यक्रम, तालिम र घरदैलो कार्यक्रम गर्नुपर्छ । शिक्षा, रोजगार, आर्थिक क्षेत्रमा दलित महिलाको भूमिका कसरी अब्बल बनाउन सकिन्छ रु दलका हरेक निकायमा दलित समुदायको समानुपातिक समावेशीताको सहभागिता सुनिश्चिता गरिनुपर्छ । समाजमा हुने छुवाछूत र जातीय विभेद कसुर र सजाय ऐनको प्रभावकारी कार्यान्वयन गरिनुपर्छ ।
समाजमा मानवले आफ्नो आत्मसम्मान र स्वतन्त्रतासाथ बाँच्न पाउनु सार्वभौम अधिकार हो । सबै जात, लिङ्गका समुदायले समान अधिकार र समान अधिकारको अनुभूति गर्न पाउनुपर्छ । यी अधिकारहरूको कार्यान्वयन राज्य र राजनीतिक दलले गरेमा मात्र दलितको अधिकार सुनिश्चित हुने देखिन्छ ।