हरेक शुक्रबार सरकारी कार्यालय १० मिनेट सफा गर्न स्वास्थ्य मन्त्रालयको आग्रह – Jaleshwortoday

हरेक शुक्रबार सरकारी कार्यालय १० मिनेट सफा गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

 April 27, 2023  
qq

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १४ बैशाख

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रणका लागि अबदेखि हरेक शुक्रबार कार्यालय वरपर १० मिनेट सरसफाई अभियान सञ्चालन गर्न अनुरोध गरेको छ ।

यसवर्ष पनि डेंगुका बिरामी बढ्नेसक्ने अनुमान गर्दै हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट सबै सरकारी तथा सार्वजनिक कार्यालयका हाताभित्र र वरपर सरसफाई अभियान संचालन गर्न आग्रह गरेको हो।

मन्त्रालयले बिहीबार पत्र जारी गर्दै डेंगु संक्रमण रोकथाम नियन्त्रणमा आम सर्वसाधारण, निजी क्षेत्र र सरोकारवालालाई आ-आफ्नो ठाँउबाट सहजीकरण र समवन्य गर्न आग्रह गरेको छ।

गत वर्ष नेपालमा डेंगु संक्रमण हालसम्मकै अत्याधिक भएको र यस वर्ष पनि डेंगुका बिरामी बढ्न सक्ने भन्दै मन्त्रालयले सरसरफाई अभियान सञ्चालन गर्न भनेको हो ।

डेंगु संक्रमण हुन नदिन लामखुट्टेको वृद्धि विकास रोक्न र संक्रमित लामखुट्टेको टोकाईबाट बच्न बचाउन आवश्यक हुन्छ । डेंगु गराउने लामखुट्टेको घर र कार्यलय वरिपरि थोरै वा धेरै मात्रामा जमेर रहेको सफा पानीमा अण्डा पारेर वृद्धि विकास गर्छ।

उक्त संक्रमित लामखुट्टेबाट जन्मने सबै लामखुट्टे संक्रमण गराउने नै हुन्छन् । डेंगु संक्रमण नियन्त्रण गर्न कार्यस्थल वरपर लामुखट्टेको वृद्धि विकास हुन नदिने र लामखुट्टेको टोकाईबाट बच्नु पहिलो उपाय हो।