मधेशमा ५७.४२ प्रतिशत बजेट मात्र खर्च – Jaleshwortoday

मधेशमा ५७.४२ प्रतिशत बजेट मात्र खर्च

 July 12, 2023  
gg

जलेश्वरटुुडे समाचारदाता
धनुुषा, २७ असार

मधेश प्रदेश सरकारले ०७९।८० मा ५७.४२ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ।आव ०७८।७९ मा ६४.०४ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले यस पटक कम खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय, मधेश प्रदेशले जनाएको छ। प्रदेश सरकारले ०७९।८० का लागि ४७ अर्ब २ करोड ४१ लाख ५२ हजार १ सय १७ रुपैयाँ विनियोजन गरेकोमा २७ अर्ब २४ लाख १२ हजार ८८४.५२ खर्च गर्न सकेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी मनोजकुमार झाले जानकारी दिए।प्रदेश सरकारले खर्च गरेको बजेटमा चालुतर्फ ५१.९४ प्रतिशत अर्थात् १० अर्ब ७७ करोड ७६ लाख १३ हजार २४०।८३ रुपैयाँ र पुँजीगततर्फ ६१.७५ प्रतिशत अर्थात् १६ अर्ब २२ करोड ४७ लाख ९९ हजार ६४३.६९ रुपैयाँ खर्च गरेको छ। मन्त्रालयगततर्फ सामाजिक विकास मन्त्रालयले सबैभन्दा बढी बजेट खर्च गरेको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबैभन्दा कम बजेट खर्च गरेको प्रदेश लेखा कार्यालयले जनाएको छ।