घुससहित पक्राउ परेका कम्प्युटर अपरेटर दोषी ठहर – Jaleshwortoday

घुससहित पक्राउ परेका कम्प्युटर अपरेटर दोषी ठहर

 July 15, 2023  
kk

जलेश्वरटुुडे समाचारदाता
काठमाडौं, ३० असार

घुसहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर विशेष अदालतबाट दोषी ठहर भएका छन्।

विशेष अदालतले घुससहित पक्राउ परेका कम्प्युटर अपरेटर सञ्जयकुमार यादवलाई दोषी ठहर गरेको हो।

शुक्रबार न्यायाधीश यमुना भट्टराई, शालिग्राम कोईराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई २०७९ असोज ३१ गते पाँच हजार घुससहित पक्राउ गरेको थियो।

आयोगले यादवविरुद्ध अनुसन्धानपछि २०७९ पुस २२ मा बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गराएको थियो।