कक्षा १२ को नतिजा साउनमै सार्वजनिक गरिने – Jaleshwortoday

कक्षा १२ को नतिजा साउनमै सार्वजनिक गरिने

 July 19, 2023  
jj

रासस
काठमाडौं, ३ श्रावण

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा यही साउनमा सार्वजनिक गर्ने भएको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिनाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले साउन महिनाभित्रै कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए।

देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।