माइतीघरमा अनशनरत आरती साहका परिवारको माग सम्बोधन गर्न मानव अधिकार आयोगको आग्रह – Jaleshwortoday

माइतीघरमा अनशनरत आरती साहका परिवारको माग सम्बोधन गर्न मानव अधिकार आयोगको आग्रह

 August 16, 2023  
tt

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ३१ श्रावण

राष्ट्रिय मानव अधिकार आयोगले माइतीघरमा अनशनरत धनुषाकी आरती साहका परिवारका सदस्य र आरती रावलको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगले बुधबार एक विज्ञप्ति जारी गरी निरन्तर अनशनका कारण उनीहरुको स्वास्थ्यमा पर्न सक्ने जोखिमप्रति संवेदनशील हुँदै संवादको माध्यमबाट समस्या गर्न र माग सम्बोधन गरी अनसनरत व्यक्तिको मानव अधिकारको रक्षा गर्न आग्रह गरेको हो ।

आरती साहको मृत्युको घटनामा दोषीलाई कारबाही गर्नुपर्ने माग राखेर करिब दुई महिनादेखि साहका आफन्तहरु माइतीघरमा अनशनमा बसेका छन् । त्यस्तै बैवाहिक बलात्कारको आरोपमा दोषीलाई प्रभावकारी कारबाहीको माग गर्दै आरती रावल अनशनमा बसेकी छन् ।

‘वर्षातको समयमा निरन्तर अनशनमा बसेका कारण अनशनरत व्यक्तिहरूको स्वास्थ्य र दैनिक खानपानमा समेत समस्या भएको अनुगमनको क्रममा पाइएको छ’, आयोगका प्रवक्ता सहसचिव टीकाराम पोखरेलले भनेका छन् ।

अनशरत पक्षहरूको माग सम्बोधनका लागि हालसम्म सरकारका निकायबाट कुनै पनि पहल नभएको पीडितहरूको गुनासो रहेकोे पनि आयोगले उल्लेख गरेको छ ।