जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २५ मंसिर
महोत्तरीको बर्दिबासमा एक पुरुषको शव शौचालयमा फेला परेको छ ।
बर्दिवासमा पान पसल सञ्चालन गर्दै आएका र बर्दिवास १४ निकेश श्रेष्ठको घरमा डेरा लिई बस्दै आएका बेचन महतोको शव शौचालयमा फेला परेको हो ।ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार लासको प्रकृति हेर्दा अत्याधिक मदिरा सेवनबाट महतोको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृतक बेचन निकेश र सोही ठाउँ बस्ने रोहित महतो घनिष्ट साथी भएको र उनीहरुलाई भेट्न बुधबार साँझ बेचन उनको घर गएका थिए । मृतक महतोको धनुषाको मुखियापट्टी मुसहनियामा घर भएको र बिगत ४ बर्षदेखि बर्दिबासमा पान पसल सञ्चालन गर्दै आएका थिए । उनको बर्दिबास वडा नं. १४ मै ससुराली भएपनि श्रीमतिसँग सम्बन्ध विच्छेद रहेको थियो । मृतक महतोको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको बर्दिबास प्रहरीले जनाएको छ ।
