जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १२ कार्तिक
जनकपुरधाममा अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले एक कार्यक्रम वीच आज दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ ।
विद्यालयको प्रधानाध्यापक प्रा.पवन कुमार साहको अध्यक्षमा संचालन भएको कार्यक्रममा राधा यादव लगायतका केहि अभिभावकहरुद्वारा गमलामा पानी खन्याई कार्यक्रमको शुरुवात गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य वरिष्ठ शिक्षक सरोज कुमार झा,विवेकानन्द झा,शिक्षिका रागिनी झा,रुचिका यादव,रागनी ठाकुर ,अभिभावक राधा यादव तथा अभिभावक तथा राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी ईन्द्रजीत राउतले राख्नु भएको थियो । कक्षा पिजीदेखि माथिल्लो कक्षाका प्रथम,द्वितिय तथा तृतिय स्थान ल्याउन सफल विद्यार्थीहरुलाई अभिभावकको उपस्थितिमा टीकाले सम्मान गरी सुनौलो तक्मा(मेडल) प्रदान गरिएको थियो । पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा अभिभावकहरुले आ—आफ्ना विद्यार्थीहरुका राम्रो तथा सुधारका कुराहरु राखेका थिए भने उपस्थित शिक्षक तथा शिक्षिकाहरुले अभिभावकहरुलाई चित्त बुझ्दो जवाफ दिएर सन्तुष्ट गरेका थिए । कार्यक्रमको अन्त्यमा प्रधानाध्यापक प्रा.साहले उपस्थित अभिभावकहरु,गुरुवर्ग तथा कर्मचारीहरुप्रति आभार प्रकट गरेका थिए । साथै महान आस्था र विश्वासको पर्व दीपावली तथा छठ्को शुभकामना समेत प्र.अ.प्रा.साहले राख्नु भयो । पिजीको छात्र चन्दन पासमानले विद्यालयभरीमै सबैभन्दा बढी अंक ल्याई विद्यालय उत्कृष्ट भएका थिए भने उनलाई विशेष कपले सम्मान गरिएको थियो । कार्यक्रम संचालन तथा उद्घोषण शिक्षक जय मिश्रले गर्नु भएको थियो ।

