पिछडावर्ग ओबिसी महासभाले प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने – Jaleshwortoday

पिछडावर्ग ओबिसी महासभाले प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने

 June 3, 2021  

जलेश्वरटुडे समाचारदाता
धनुषा, १९ जेष्ठ

धनुषाको ढल्केबर स्थित महेन्द्र मा.वि.मा राष्ट्रिय अध्यक्ष रामकुमार महतोको अध्यक्षतामा बसेको सम्पादन समितिको बैठकबाट बिहिबार प्रदेश सरकारलाई पिछडावर्ग प्रदेश स्तरीय समितिलाई औपचारिकता तथा कानून सम्बत अधिकार तथा बजेट तर्जुमा गर्नको लागि प्रदेश सरकारले २४ गते गर्न लागेको नीति तथा कार्यक्रमको अधिवेशन पूर्व ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

May be an image of one or more people, people sitting, tree and outdoors

यस अघि समाजिक विकास मन्त्री नवल किसोर साहको सहभागितामा ओबिसी प्रदेश स्तरीय समिति कायम गरिएको थियो । त्यस पश्चात अहिले सम्म प्रदेश सरकारले मन्त्रीपरिषदबाट समेत यसको बैधानिकता प्रदान नगरेको तथा अन्य विकासात्मक कार्यको लागि बजेट विनियोजनमा समेत आलटाल गरेकोले समितिले प्रेस विज्ञप्ति जारी प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाउन बाध्य भएको अध्यक्ष महतोले बताउनुभयो ।

May be an image of grass and tree

वहाँले प्रदेश सरकारले हामीलाई शुक्रबारसम्म छलफलको लागि नबोलाए धर्ना बस्ने समेत जानकारी गराउनुभयो । यसैगरी सो बैठकबाट प्रदेश २ प्रमुख परमेश्वर महतो,धनुषा जिल्ला अध्यक्ष श्रवण कुमार महतो तथा महोत्तरी सचिव सुरेन्द्र कुमार महतोले सँयुक्त रुपमा संगठनको अहित हुने कार्य गरेकोमा पछि गल्ति भएको र अबआइन्दा यस्तो नगर्ने प्र्रतिबद्धता पत्र पछि सम्पादन समितिको सदस्यहरुको छलफलबाट तिनीहरु लाई माफि दिइएको समेत निर्णय गरियो ।सो बैठकमा सम्पादन समितिका दुई तिहाई भन्दा बढी सदस्यहरुको उपस्थिति रहेको थियो ।

May be an image of one or more people and outdoors

May be an image of text