जलेश्वरटुडे समाचारदाता
सुनसरी, ११ भाद्र
पिछडावर्ग ओबिसी महासभाको प्रदेश नं १ को अधिवेशनबाट अध्यक्षमा शम्भु मेहता निर्विरोध चयन भएका छन् । शुक्रवार सुनसरीको इनरुवास्थित सत्यनारायण मन्दिरको सभाहलमा ओबिसी महासभाको प्रदेश अधिवेशन सम्पन्न भएको हो । पिछडावर्ग ओबिसी महासभाको सुनसरी अध्यक्ष शम्भु मेहताको अध्यक्षता तथा नेपाली काँगेसका सांसद सिताराम मेहताको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन सत्र आयोजना गरिएको थियो । उद्घाटन सत्रमा पिछडावर्ग ओबिसी महासभाको केन्द्रिय अध्यक्ष राम कुमार महतोको विशेष उपस्थिती रहेको थियो । अधिवेशनको उद्घाटन सत्र सकिएलगत्तै बन्द सत्र शुरु भएको थियो । बन्दसत्रसँगै सम्पन्न अधिवेशनले १७ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक नागेन्द्र सिंहले जानकारी दिए । उनका अनुसार प्रदेश अध्यक्षमा प्रभाकर मेहता निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा सतिष साह हलुवाई, कपलेश्वर केवट, रानी साह, सुनिता देवी मेहता र शम्भु मेहता रहेका छन् । कोषाध्यक्षमा बालकराम कामत, सचिवामा हियालाल मेहता, सहसचिवमा विरेन्द्र कुमार मेहता रहेको संयोजक सिंहले जनाए । यस्तै सदस्यहरुमा राजेश कुमार मेहता, शुशिला देवी मेहता, दिपक प्रसाद साह, अनिता देवी मेहता, बलदेव साह, रामनारायण मेहता, ललित कुमार शर्मा र राम नारायण मेहता रहेको निर्वाचन समितिले जनाएको छ ।
