धनुषा जिल्ला प्रहरी कार्यालय अगाडि पिडीतद्वारा प्रदर्शन – Jaleshwortoday

धनुषा जिल्ला प्रहरी कार्यालय अगाडि पिडीतद्वारा प्रदर्शन

 September 17, 2021  
Dhanusha

जलेश्वरटुडे समाचारदाता
धनुषा, ३१ भाद्र
घुस खाएर पीडकलाई संरक्षण गरेको भन्दै गाउँलेहरु जिल्ला प्रहरी कार्यालय धनुषा घेराउ गर्दै प्रदर्शन गरेका छन् । प्रहरीले घुस खाएर पीडकलाई उन्मुक्ति दिएको भन्दै धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ तुल्सियाहीका गाउँलेहरु बिहीबार प्रहरी कार्यालय अगाडि प्रदर्शन गरका हुन् । मुस्लिम समुदायबीच नमाज पढाउने विषयमा भएको विवादमा प्रहरीले पीडकसँग घुस खाएर मुद्दा दर्ता गरेको र आफूहरुको निवेदन भने दर्ता नगरेको पीडित पक्षको आरोप छ । प्रहरी नायव उपरीक्षक प्रकाश रानाभाटले घुस खाएर पीडकलाई संरक्षण गरेको आरोप लगाउँदै पीडित पक्षका दर्जनौंको संख्यामा आएका स्थानीयबासिन्दाले कार्यालय घेराउ गरी प्रर्दशन गरका हुन् । मुमताज राईनले आफ्नो समुदाय भित्र भएको झगडामा प्रहरीले घुस खाएर पीडकको मुद्दा दर्ता गरी उल्टै आफू पिडीतहरुलाई नै फसाउन खोजेको आरोप लगाए । त्यसकारण न्यायको लागि कार्यालय घेराउ र प्रदर्शन गर्नु परेको उनले बताए । तीन साताअघि गाउँको मस्जिदमा मौलाना नभएको बेला मुमताजका बुवा पोषण राईन नमाज पढाउन गएको बेला स्थानीय २२ वर्षीय मुमताज अंसारीलो राकेपछि विवाद भएको थियो । विवादको क्रममा झ’डप हुँदा चारजना घाइते भएका थिए । यता घटना बारे प्रहरी उपरीक्षक रानाभाटले यस विषयमा छलफल भइरहेको बताए ।