तिहारमा अक्षय र कट्रिनाको ‘सूर्यवंशी’ रिलिज हुने – Jaleshwortoday

तिहारमा अक्षय र कट्रिनाको ‘सूर्यवंशी’ रिलिज हुने

 September 28, 2021  
Akshya Kumar

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १२ असोज

कोरोनाका कारण बारम्बार प्रदर्शन मिति सार्न वाध्य भएका निर्देशक रोहित सेट्टीले अन्ततः प्रतिक्षित चलचित्र ‘सूर्यवंशी’ तिहारमा रिलिज गर्ने भएका छन् । महाराष्ट्र सरकारले अक्टुबर २२ तारिखबाट परिस्थिती हेरेर हल खोल्ने निर्णय गरेसँगै रोहितले प्रतिक्षित चलचित्र रिलिजको मिति तोकेका हुन् ।
भारतका अधिकांश राज्यमा हल खुलेपनि महाराष्ट्रमा भने हल खुलेको छैन । बलिउड चलचित्रका लागि महाराष्ट्रमा हल नखुलेसम्म राम्रो व्यापार संभव छैन ।
यो चलचित्रमा नायक अक्षय कुमार र नायिका कट्रिना कैफको मुख्य भूमिका छ । चलचित्रको प्रदर्शन मिति पक्का भएसँगै नायक अक्षय कुमारले अब कुनै पनि ताकतले चलचित्रलाई नरोक्ने उल्लेख गरेका छन् ।
कोरोनाको दोश्रो लहरपछि केही बलिउड चलचित्र रिलिज भएपनि दर्शकको साथ भने पाएका छैनन् । यसैले, अक्षय र कट्रिनाको एक्सनप्रधान यो चलचित्रले माहोल तताउने अपेक्षा गरिएको छ ।