हिन्दी फिल्म सरदार उधम सिंहको पोस्टर सार्वजनिक – Jaleshwortoday

हिन्दी फिल्म सरदार उधम सिंहको पोस्टर सार्वजनिक

 October 2, 2021  
Hindi Film

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १६ असोज

अभिनेता विक्की कौशल लामो समयदेखि आफ्नो नयाँ फिल्म ‘सरदार उधम सिंह’ का कारण चर्चामा छन् । अब यस फिल्मको ट्रेलर रिलिज भएको छ । विक्की कौशलले आफैं सामाजिक सञ्जालमार्फत यस फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन् । क्याप्सनमा विक्कीले लेखेका छन्,‘सरदर उधम सिंहको अफिसियल ट्रेलर । बिर्सिएका एक व्यक्तिको कथा । यो एक क्रान्तिकारीको कथा हो ।’
यो फिल्म १६ अक्टोबरमा ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमार्फत रिलिज हुनेछ । सुजित सरकारको निर्देशनमा बनेको यस फिल्ममा विक्कीले सददार उधम सिंहको भूमिका निर्वाह गर्नेछन् । त्यस्तै, बनिता सन्धु र अमोल पाराशर पनि मुख्य भूमिकामा छन् । सरदार उधम सिंह तीनै व्यक्ति हुन् जसले सन् १९१९ मा अमृत सरको जलियावाला बाग हत्याकाण्डको बदला लिदैं लण्डनमा जनरल डायरलाई गोली हानेका थिए ।