ज्ञान गंगाको आयोजनामा बच्चाहरुमा देखिने विभिन्न समस्याहरुको निदानको लागि स्वास्थ्य शिविर – Jaleshwortoday

ज्ञान गंगाको आयोजनामा बच्चाहरुमा देखिने विभिन्न समस्याहरुको निदानको लागि स्वास्थ्य शिविर

 December 17, 2021  
Shibir

जलेश्वरटुडे समाचारदाता
धनुषा, १ पौष

जनकपुरधाम उपमहानगरपालिकाको वडा नं.—१२ कुवा (एयरपोर्ट रोड)मा अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले बच्चाहरुमा देखिने विभिन्न रोगहरुको निदानको लागि शुक्रबार विहान १० बजेदेखि स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । विद्यालयको संस्थापक तथा प्रधानाध्यापक उप—प्रा. पवन कुमार साहले विद्यालयको परिसरमा संचालन हुने स्वास्थ्य शिविरमा डा.उमेश चन्द्र यादव,अनिता यादव,ललिता यादव,निमु यादव,विनिता अधिकारीले दाँत सम्बन्धि रोग,डा.अमलेन्द्र्र यादवले बाल रोग,डा.संतोष साहले नाक,कान,घाँटी,डा.रितेश कुमारले हाड,जोर्नी,नशा तथा डा. उदय यादवले आँखा सम्बन्धि रोगको बारेमा जाँच गर्ने बताउनु भयो । आँखा रोग विशेषज्ञ डा.यादवले आँखाको मोतिया बिन्दु रोगीलाई ५ हजार सम्मको खर्च निःशुल्क गर्ने जानकारी गराउनुभयो । प्र्र.अ. साहले यो दन्त शिविर विद्यालयको बालबालिका तथा सम्बन्धित अभिभावक लगायत विशेष रुपमा वडा नं. १२(कुवा) र १५ (रामपुर) का नागरिक समाजलाई लक्षित गरि संचालन गराउन लागेको जानकारी गराउनु भयो । जनकपुरधामको प्रतिष्ठित चिकित्सकहरुले यस शिविरमा सहयोग गर्ने भएकोले यसबाट सेवाग्र्र्राहीलाई विशेष सहयोग हुने आशा गरिएको छ । यस कार्यक्रमको समन्वयकर्ता बौद्धिक पेशाकर्मी महासंंघ धनुषा र नयाँ समाज नेपालको अध्यक्ष ब्र्रज किशोर यादव हुन्। यस विद्यालयले यस अघि सरसफाई,बृक्षा रोपण,निःशुल्क स्वास्थ्य शिविर,योग शिविर जस्ता कार्यक्रमहरु विद्यार्थीहरु,अभिभावक हरु तथा यस क्षेत्रको नागरिक समाजको भलोका लागि गरिसकेको प्र.अ.साहले जानकारी गराउनुभयो ।वहाँले यसबाट सबैलाई लाभ उठाउन आग्र्रह समेत गर्नुभयो ।