जलेश्वर–४ सुगामा धूमधाम तथा हर्सोउल्लासका साथ श्रीकृष्ण जन्माष्टमीको अवसरमा भव्य कलश शोभायात्रा सम्पन्न – Jaleshwortoday

जलेश्वर–४ सुगामा धूमधाम तथा हर्सोउल्लासका साथ श्रीकृष्ण जन्माष्टमीको अवसरमा भव्य कलश शोभायात्रा सम्पन्न

 August 16, 2025  
3

आरजे इर्शाद शेख

महोत्तरी, ३० श्रावण

जलेश्वर नगरपालिका वडा नम्बर ४, सुगामा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा आज विशेष श्रद्धा र उत्साहपूर्वक भव्य कलश शोभायात्रा निकालिएको छ।

शोभायात्रामा नेकपा एमालेका समाजसेवी युवा नेता राम आधार कापर, वडा अध्यक्ष हरिचन्द्र महतो, कृष्ण पूजन उत्सव समिति अध्यक्ष विनय कुमार रायसहित समितिका सदस्य, स्थानीय जनप्रतिनिधि तथा विभिन्न टोलका महिला–पुरुषहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

शोभायात्रामा भक्तजनहरूले श्रीकृष्णको जयजयकार गर्दै गाउँ परिक्रमा गरेका थिए। स्थानीय समुदायले पारम्परिक भेषभूषामा सजिएर सांस्कृतिक झाँकी, भजन–कीर्तन र पूजापाठमा समेत सक्रिय सहभागिता जनाएका थिए।

कार्यक्रमका संयोजक रायले यस वर्षको आयोजनाले धार्मिक एकता र सामाजिक समरसता प्रवर्द्धन गरेको उल्लेख गर्दै आगामी वर्षहरूमा अझ भव्य रूपमा पर्व मनाइने प्रतिबद्धता व्यक्त गरे।

शोभायात्रा सम्पन्न भएपछि साँझ श्रीकृष्ण जन्मको शुभ समयमा विशेष पूजाआजा र भक्तिमय कार्यक्रमहरू पनि आयोजना हुने अध्यक्ष रायले बताउनुभयो।