प्रदेश स्तरीय विशेष पोषण कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न – Jaleshwortoday

प्रदेश स्तरीय विशेष पोषण कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

 September 28, 2025  
2

आरजे इर्शाद शेख
महोत्तरी, ११ असोज

मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशको सहकार्यमा “प्रदेश स्तरीय विशेष पोषण कार्यक्रम आ.व. २०८१/०८२” को वार्षिक समीक्षा तथा आगामी योजना तर्जुमा गोष्ठी कार्यक्रम जलेश्वरमा बुधवारदेखि सुरु भएको थियो।
कार्यक्रमको अध्यक्षता स्वास्थ्य निर्देशनालयका निर्देशक सरोज चन्द्र न्यौपानेले गर्नु भएको थियो भने प्रमुख अतिथिका रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशका माननीय मन्त्री शत्रुधन प्रसाद सिंहले गोष्ठीको उद्घाटन गरि तीन दिनसम्म चल्ने यो कार्यक्रम असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन भएका थिए । गोष्ठीमा विशिष्ट आतिथिको रुपमा प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. राजीव कुमार झा लगायत मधेश प्रदेशका विभिन्न जिल्लाबाट सहभागी स्वास्थ्य अधिकारी, पोषण कार्यक्रमका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा अघिल्लो आर्थिक वर्षमा सञ्चालन गरिएका पोषणसम्बन्धी गतिविधिहरूको समीक्षा गर्नुका साथै आगामी योजनाहरूको तर्जुमा गरिने बताइएको थियो। गोष्ठीबाट प्रदेशस्तरीय पोषण रणनीतिमा थप स्पष्टता र प्रभावकारी कार्यान्वयनको बाटो खुल्ने अपेक्षा गरिएको छ।

स्वास्थ्य निर्देशनालयका पोषण फोकल पर्सन विनोद यादवका अनुसार, गोष्ठीबाट प्रदेशस्तरीय पोषण रणनीति अझ स्पष्ट र प्रभावकारी हुने अपेक्षा गरिएको छ। उनका अनुसार, “समीक्षा र छलफलमार्फत आगामी कार्ययोजनालाई व्यवहारिक र लक्ष्यमुखी बनाउने उद्देश्यसहित गोष्ठी आयोजना गरिएको जानकारी दिई कार्यक्रम समापन भएको थियो ।