मुसहर समुदायलाई खोप लगाऊ – Jaleshwortoday

मुसहर समुदायलाई खोप लगाऊ

 December 30, 2021  
Education

कोरोनाको खोप सबैलाई आवश्यक रहेको बखतमा कुनै पनि समुदाय कोरोना खोप लगाउँनबाट कुनै पनि कारणले छुट्नु तथा बञ्चित रहनु स्वास्थ्य विभाग तथा स्थानिय सरकारको ठूलो लापरबाहि हो । महोत्तरीका मुसहर समुदायले कोरोनाको खोप अहिलेसम्म पनि नपाउनु राज्यकै गल्ति हो । किनभने मुसहर समुदायहरु अशिक्षित तथा सूचना र जानकारीदेखि टाढा हुन्छन् । यिनीहरुलाई प्राथमिकतामा राखेर खोप लगाउनुपर्ने सबै राष्ट्र सेवकहरुको कर्तव्य हो । यस्ता समुदायहरु महोत्तरीमा मात्र नभएर अन्य जिल्लाहरु पनि उल्लेख्य मात्रामा बसोबास गरेकाले तिनीहरुका बारेमा खोप सम्बन्धि जानकारी लिनु आवश्यक रहेको देखिन्छ । यिनीहरुको ज्यान रक्षा तथा स्वास्थ्य अवस्था ठीक राख्नको लागि समयमै खोप लगाइदिनुपर्ने आवश्यकता रहेको देखिन्छ । अहिले डेल्टा तथा ओमिक्रोन भेरियण्टको समेत त्रास तथा संक्रमण बढीरहेको अवस्थामा यिनीहरुको स्वास्थ्य रक्षाको लागि सिघ्र खोप व्यवस्था गर्न लगाई खोप लगाउन जरुरी छ । नेपालमा बसोबास गरिरहेका पिछडाबर्ग,अल्पसंख्यक,दलित लगायतका समुदायहरुका बारेमा सूक्ष्म अनुसंधान गरी खोप सम्बन्धि समस्या गराउन सबै पालिकाका स्थानिय निकाय तथा स्वास्थ्य विभागले ध्यान दिनु आवश्यक रहेको छ । यसपटक कोहि पनि खोपबाट बञ्चित रहनुु भएन ।