दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, १५ जेष्ठ
ग्यालेक्सी सेकेन्ड्री बोर्डिङ स्कुल बजरंग चौक जानकपुरधाम ८ द्वारा गणतन्त्र दिवस २०८३ को अवसरमा विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा नर्सरी तथा केजी तहका विद्यार्थीहरूले आफ्ना कक्षा शिक्षकहरूलाई फूलको गुच्छा प्रदान गर्दै सम्मान व्यक्त गरेका थिए। कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीबीच खेलकुद तथा राइम्स प्रस्तुति समेत गरिएको थियो।
यसैगरी कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरूका लागि स्टोरी राइटिङ तथा ड्रइङ प्रतियोगिता आयोजना गरिएको थियो भने कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूबीच “नेपालमा गणतन्त्र” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको विद्यालयले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिताले विद्यालय परिसर उत्साहमय बनेको थियो।
कार्यक्रमको अध्यक्षता विद्यालयका प्रिन्सिपल अमरेंद्र कुमार झा ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा श्री गोगल प्रसाद नमूना मावि बसहियाका पूर्व प्रधानाध्यापक राजकुमार मिश्र को उपस्थिति रहेको थियो। कार्यक्रममा गणतन्त्र दिवसको महत्व, शिक्षा र राष्ट्र निर्माणमा विद्यार्थीहरूको भूमिकाबारे समेत चर्चा गरिएको थियो।
