पत्रकारीता सम्बन्धी तालिमको खाँचो – Jaleshwortoday

पत्रकारीता सम्बन्धी तालिमको खाँचो

 January 12, 2022  
Education

महोत्तरीमा पत्रकारीता सम्बन्धी तालिमको खाँचो रहेको देखिन्छ । महोत्तरीमा हुने गरेका घटना तथा विभिन्न सामाग्रीहरु संकलन गर्नको लागि सक्रिय पत्रकारको आवश्यकता रहेको देखिन्छ । संचार उद्यमीहरुलाई चाहिने नव तथा समर्पित पत्रकारहरुको आपूर्तिको अवस्था पनि दयनिय रहेको देखिन्छ । महोत्तरी जिल्लामा हाल ३ वटा दैनिक पत्रिकाहरु र आधा दर्जन भन्दा बढी एफ.एम.हरु सक्रिय रुपमा संचालित छन् भने विभिन्न साप्ताहिक पत्रिकाहरु समेत प्रकाशनमा छन् । अहिले पनि परम्परागत शैलीमा पत्रकारीता गरिएको पाइएकोले आधुनिक युगमा परिवर्तनको आवश्यकता रहेको देखिन्छ । महोत्तरी जिल्लामा झन महिला पत्रकारहरुको सहभागिता पनि न्युन देखिन्छ । पुरानै पत्रकारहरुको बोलबाला रहेको पाइएको छ । पत्रकारको उत्पादन तथा नियमनको लागि स्थापित नेपाल पत्रकार महासंघ महोत्तरीले नव कार्यसमिति चयन भए पछि पत्रकारीता सम्बन्धी तालिमको आयोजना गर्न गराउँन नसक्नु चिन्ताजनक अवस्था रहेको देखिन्छ । महोत्तरी जिल्लाका १५ वटा स्थानिय निकायहरुले समेत यस्ता तालिमहरु गराउनुपर्ने भएकोले धेरै पालिकाहरुले कागजमै सिमित गरेर बजेट सिध्याउने कार्य भएको देखिन्छ । पत्रकारले सबै क्षेत्रको प्रबद्र्धन तथा सबल राष्ट्र निर्माणमा सहयोग गर्ने भएकोले पत्रकार उत्पादनमा तालिमको आयोजना गराउँन सरोकारबालाहरुले ध्यान दिन अति आवश्यक रहेको देखिन्छ ।