गरुडा नगरपालिकाले निजि जग्गामा बलपूर्वक बनाए सडक – Jaleshwortoday

गरुडा नगरपालिकाले निजि जग्गामा बलपूर्वक बनाए सडक

 January 8, 2023  
kk

प्रेमचन्द्र झा
रौतहट, २४ पौंष

गरुडा नगरपालिकाले जग्गाधनी संग विना कुनै सोधी खोजि नगरि निजि जग्गामा बलपूर्वक बाटो बनाएको वडा नम्बर २ का रामचन्द्र साह कानु र रामबाबु साहले आरोप  लगाएका छन । पिडितले आफु माथि अन्याय भयाे भनी मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र  नेपाल पत्रकार महासंध राैतहट शाखामा आईतबार निवेदन दिदै सो आरोप लगाएका हुन । यसको बारे गरुडा नगर प्रमुख कन्थमणी जयसवालको साथै  ईलाका प्रहरी कार्यालय गरुडाले मिलोमतो गरी राैतहट जिल्ला  अदालतको आदेश समेत कार्यान्वयन नगराएको आरोप पिडितले निवेदन मार्फत लगाएका छन । राैतहट जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको ईजलासले २०७९ मसिर १६ गतेका दिन निषेधाज्ञा आदेश गर्नु हुँदै निवेदकको नाममा दर्ता रहेको किता नम्बर १६८५ र किता नम्बर १६८७को जग्गामा पर्ने गरि कुनै पनि किसिमको निर्माण कार्य नगर्नु नगराउनु भनि राेक लगाएका थिए । अदालतले निषेधाज्ञा आदेश गरेपछि पनि गरुडा  नगरपालिका वडा नम्बर ५ का विनोद जयसवाल लगायतले बाटो निर्माण कार्य जारी नै राखेकोमा आवश्यक कार्यवाहीको माग सहित बाटो निर्माण कार्य राोक्का गराई खसालेको सर समान हटाई लैजान समेत विपक्षीमा पहलका लागि पिडितले अनुराेध गरेका छन ।