परिक्रमा जनकपुरधाम आइपुग्यो, भोलि अन्तरगृह गरी सम्पन्न हुने – Jaleshwortoday

परिक्रमा जनकपुरधाम आइपुग्यो, भोलि अन्तरगृह गरी सम्पन्न हुने

 March 6, 2023  
vv

जलेश्वरटुडे समाचारदाता
धनुषा, २२ फाल्गुण

मिथिला मध्यमा परिक्रमा आज जनकपुरधाम आइपुगेको छ । आइतबार भारत विहारको मधुवनी जिल्लास्थित बिसौलमा विश्राम गरेका परिक्रमा यात्री आज ख कल्यानेश्वर हुँदै जनकपुरधाम आज पुनः जनकपुरधाम आइपुगेका हुन् ।

आज फागु पुर्णिमाका दिन जनकपुरधाम आइपुगेका परिक्रमा यात्री श्रद्धालुभक्तजन ऐतिहासिक रंगभूमि मैदान बाह्रविघा मैदान, तिरहुतियागाछीसहित वरपर रात्रि विश्राम गर्ने छन् । जनकपुरधाममा जताततै परिक्रमा यात्री देखिन्छन् । आज रात्रि विश्राम गरेर भोलि बिहान जनकपुरधामको अन्तरगृह (पञ्चकोशी) परिक्रमा गरेपछि समापन हुने छ । मध्यमा परित्रममा सहभागी नहुन सक्नेहरु धेरै श्रद्धालुहरु जनकपुरधामको अन्तरगृह परिक्रममा सहभागी हुने गर्दछन् ।

धनुषाको मिथिला बिहारी नगरपालिका–८ स्थित ऐतिहासिक महत्वको मिथिला बिहारी मन्दिरबाट झाँकी र कीर्तनसहित फागुन ८ गते सुरु भएको थियो ।

प्रत्येक वर्ष फाल्गुन शुक्लपक्ष प्रतिपदाका दिनदेखि १५ दिन मिथिला मध्यमा परिक्रममा सुरु हुने चलन छ। परिक्रमाका क्रममा १५ दिनसम्म डोलालाई जनकपुरधामबाट कल्याणेश्वर हुँदै फूलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वत्ता, धनुषाधाम, सतोषर , अउढी, करुणा, बिसौल र फेरि कल्याणेश्वरसम्म पु¥याउने परम्परा रहेको छ ।

नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमाका क्रममा श्रद्धालुले १३५ किलोमिटर पैदलयात्रा गर्ने गर्छन।