मधेस सरकारले गुल्सन, आरिफ र आसिफलाई दुई–दुई लाख दिने – Jaleshwortoday

मधेस सरकारले गुल्सन, आरिफ र आसिफलाई दुई–दुई लाख दिने

 May 4, 2023  
kk

जलेश्वरटुडे समाचारदाता
धनुषा, २१ बैशाख

नेपाललाई एसीसी प्रिमियर कपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका तीन खेलाडीलाई मधेस सरकारले दुई–दुई लाख रुपैयाँ दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेस गृह घर भएका राष्ट्रिय टोलीका खेलाडीहरूलाई दुई–दुई लाखको दरले प्रोत्साहनस्वरूप रकम दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता अर्थमन्त्री सञ्जय यादवले जानकारी दिए ।

उनका अनुसार गुल्सन झा, आरिफ शेख र आसिफ शेखलाई रकम दिन लागिएको हो ।

यसअघि गत चैत २ गते पनि सरकारले आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय प्रतियोगिता जित्दा यी तीनै खेलाडीलाई दुई–दुई लाख दिने घोषणा गरेको थियो ।