युनिक गुरुकुल एकेडेमी मधेस प्याब्सनमा प्रवेश – Jaleshwortoday

युनिक गुरुकुल एकेडेमी मधेस प्याब्सनमा प्रवेश

 May 30, 2026  
Logo of Madhesh PABSAN

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १५ जेठ

मधेस प्याब्सनद्वारा आयोजित एक कार्यक्रम वीच युनिक गुरुकुल एकेडेमी धनुषा प्रा.लि. आजबाट विधिवत रुपमा मेधस प्याब्सनमा प्रवेश भएको छ ।
विद्यालयको व्यवस्थापक सरोज कुमार चौधरीलाई सो कार्यक्रममा टीका तथा खाँदा लगाई उपस्थित मधेस प्याब्सनको के.अध्यक्ष अमरेन्द्र झा,के.सल्लाहकार भोला मिश्र,के.सचिव प्रा.पवन कुमार साह,प्रदेश अध्यक्ष मुरारी लाल कर्ण,नगर अध्यक्ष सरोज कुमार साह, लगायतका पदाधिकारीहरुले बधाई दिनुका साथै संगठनमा स्वागत गरेका थिए । कार्यक्रम भक्तिबेदान्ता मिथिला ई.पाठशालामा समपन्न भएको थियो । साथै प्रदेश कार्यसमितिको समेत अधिकारिकता प्रदान गरी तीन सदस्ययीय समिति कायम गरिएको थियो । सो समितिमा मधेस प्रदेश अध्यक्षमा मुरारी लाल कर्ण,प्रदेश सचिवमा जनकनन्दनी ई.बो.स्कुल मिथिला बिहारी न.पा.को संस्थापक र कोषाध्यक्षमा शिखर सगरमाथा ई.बो.स्कुलको संस्थापक चयन गरिएका थिए ।मनोनित सम्पूर्ण पदाधिकारीहरुलाई केन्द्रीय अध्यक्ष झाले बधाई दिनुका साथै उत्तरोत्तर प्रगतिको कामना समेत गर्नु भयो ।