प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका सार्वजनिक – Jaleshwortoday

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका सार्वजनिक

 May 27, 2023  
hh

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १३ जेष्ठ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तालिका सार्वजनिक भएको छ । जस अनुसार प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा उनी जेठ १७ गते भारत जान लागेका हुन्।

प्रधानमन्त्री बनेपछि प्रचण्डले पहिलो विदेश भ्रमण भारतमा गर्न लागेका हुन्। उनी जेठ २० गते फर्किने तालिका छ।

भ्रमणको क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनकर र प्रधानमन्त्री मोदीसँग वार्ता गर्ने तालिका छ।

मोदीसँग जेठ १८ गते वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।