जलेश्वर र जनकपुरमा राजावादीहरुले गरे प्रदर्शन – Jaleshwortoday

जलेश्वर र जनकपुरमा राजावादीहरुले गरे प्रदर्शन

 November 26, 2020  
Rajabadi

जलेश्वरटुडे समाचारदाता
धनुषा, १० मंसिर

‘राजा आउ, देश बचाउ’को नारा लगाउँदै जलेश्वर र जनकपुरमा राजावादीहरुले शक्ति प्रदर्शन गरेका छन् । जनकपुरको रेल्वे स्टेशनबाट निस्केको नेपाल राष्ट्रवादी समुहको जुलुसले नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान पुनर्वहाली गनुपर्ने माग गर्दै बुधबार जनकपुरमा प्रदर्शन गरेका हुन् । गाडीमा पूर्व राजा रानीको तस्वीर भएको ब्यानरसहित उनीहरुले राजतन्त्र फर्काउनुपर्ने माग गर्दै नेपालको राष्ट्रिय झण्डा बोकेर दर्जनौंको संख्यामा प्रदर्शन गरेका छन् । रेल्वे स्टेशनबाट निस्केको जुलुस भानूचोक, कदमचोक, विद्यापती चोक, विश्वकर्मा चोक, तपसी चोक, जिरोमाईल, भ्रमरपुरा चोक, बजरंग चोक, रामानन्द चोक, पिडारी चोक, थापाचोक, मुख्यमन्त्री कार्यालय अगाडी, मिल्स एरिया, भानूचोक, शिवचोक हुँदै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने, २०४७ सालको संविधान पुर्नवहाली गनुपर्ने, राजतन्त्र पुनर्वहाली गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, हत्या हिंसा बलात्कार जस्ता घटना नियन्त्रण गर्नुपर्ने लगायतका उनीहरुले माग गरेका छन् ।