भूमिमन्त्रीको स्पष्टीकरण : माफी होइन, कैद कट्टा गरिएको हो – Jaleshwortoday

भूमिमन्त्रीको स्पष्टीकरण : माफी होइन, कैद कट्टा गरिएको हो

 October 3, 2023  
mm

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १६ असोज

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले संविधान दिवसको अवसरमा सरकारले कसैलाई पनि आममाफी नदिएको बताएकी छन् ।

मंगलबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले आम माफी नभई कैद कट्टा मात्रै गरेको बताइन् ।

‘यस पटक कसैलाई आममाफी दिइएको छैन, कैद कट्टा हो’ उनले भनिन्, ‘हामीले अपराधीलाई राजनीतिक तवरबाट छुट्नुपर्छ भनेका छैनौं, कारागारमा गइसकेपछि आफूले भोग्ने कानून अनुसार भोग्नुपर्छ ।’