काभ्रेपलाञ्चोकमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर – Jaleshwortoday

काभ्रेपलाञ्चोकमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर

 October 31, 2023  
gg

गणेश कुमार सिंह
काभ्रेपलाञ्चोक, १४ कार्तिक

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ मा निसान ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मङ्गलबार दिउँसो कुशादेवीबाट नयाँगाउँतर्फ पराल बोकेर जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको निसान ट्रक ब्रेक फेल दुर्घटना भएको हो । ट्रक सडकबाट करिब छ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

दुर्घटनामा ट्रक चालक स्थानीय रबिन आचार्य र जिल्लाको बेथानचोक गाउँपालिका– २ का शिवविक्रम केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनुभएका आचार्य र केसीलाई उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनुभएकी बेथानचोक-२ की शारदा तिमल्सिना टाउको, घाँटी र दुबै हात खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उहाँको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।