जनकपुर मणिपालको जग्गा प्रादेशिक स्वास्थ्य प्रतिष्ठानको लागि अधिग्रहण गर्छौः मुख्यमन्त्री राउत – Jaleshwortoday

जनकपुर मणिपालको जग्गा प्रादेशिक स्वास्थ्य प्रतिष्ठानको लागि अधिग्रहण गर्छौः मुख्यमन्त्री राउत

 December 2, 2020  
CM LalBabu

जलेश्वरटुडे समाचारदाता
धनुषा, १६ मंसिर

मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि जनकपुरको मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालले ओगटेको जग्गा अधिग्रहण गरिने बताएका छन् । प्रादेशिक अस्पताल जनकपुरले आयोजना गरेको स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रादेशिक अस्पताललाई आधार बनाएर गठन हुन लागेको प्रतिष्ठानको लागि मणिपालले ओगटेको जग्गा उपयुक्त हुने भन्दै अधिग्रहणको प्रक्रिया छिट्टै अगाडी बढाइने उल्लेख गरे । मणिपालले गुठीसँग लिजमा लिएको जग्गामा शर्त अनुसार काम नगरेको भन्दै उनको लिज खारेज गरेर उक्त जग्गा प्रतिष्ठानलाई दिइने उनको भनाइ थियो । प्रादे्शिक अस्पताल जनकपुरलाई आज सम्मको यात्रामा सहयोग गर्ने सम्पूर्ण चिकित्सक, समाजसेवी, राजनीति कर्मीहरुको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले अगामी यात्रामा समेत सबै पक्षलाई सहयोग गर्न आग्रह समेत गरे । अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा। नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साह, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर , अस्पताल विकास समितिका अध्यक्ष संजय सिंह, पूर्व मेसु एवं सभासद डा। विजय कुमार सिंह सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।