श्री मिथिला विहारी राज रतन सेवाश्रमको उद्घाटन मंगलोत्सव समारोह भव्य रुपमा समपन्न – Jaleshwortoday

श्री मिथिला विहारी राज रतन सेवाश्रमको उद्घाटन मंगलोत्सव समारोह भव्य रुपमा समपन्न

 March 16, 2024  
431195153_4433824416843668_2824907354483231104_n

पवन कुमार साह
सुगाभवानीपट्टी, ३ चैत्र

श्री मिथिला विहारी राज रतन सेवाश्रमको उद्घाटन मंगलोत्सव समारोह भव्य रुपमा समपन्न भएको छ । जलेश्वर नगपालिका वडा नं।—४ सुगाभवानीपट्टीको शुकदेश्वर पोखरीदेखि दक्षिण लक्की बिल्डर्स कन्सट्रक्सन एण्ड सप्लायर्स कम्पनी प्रा।लि।चन्द्रगिरी,काठमाडौंद्वारा तयार भएको अढाई तल्ले भवनलाई बिहे,उपनायन,ब्रतबन्ध,माँगलिक कार्य तथा सामाजिक विभिन्न प्रयोजनमा उपयोग गर्न सकिने गरी गाउँबासीलाई लोकापर्ण गरिएको छ । सो कार्यक्रममा संस्थापक अध्यक्ष सविता कायस्थ,संस्थापक तथा पूर्व प्रथम मधेस प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ,संस्थापकहरु डा.अर्चना कायस्थ,अर्पणा कायस्थ,अवनीश कायस्थ,अम्बरीश कायस्थ,पूर्व प्रधान न्यायधिस गिरिष चन्द्र लाल कर्ण,पूर्व साँसद बृषेश लाल कर्ण,अर्थशास्त्री तथा मधेस प्रदेश सरकारको पूर्व उपाध्यक्ष भोगेन्द्र झा,गंगा आरती तथा सरसफाई अभियानी मधेस प्रदेश सरकारको साँसद रामअशिष यादव,जलेश्वर नगरपालिका वडा नं.—४ सुगाभवानीपट्टीको वडाध्यक्ष हरिश्चन्द्र महतो,युवा नेता शम्भु ठाकुर,आश्रमको समिति सदस्य गण लगायत गाउँबासी,बुद्धिजिवि,पत्रकारहरुको उपस्थिति रहेको थियो । संस्थापक परिवारले दिप प्रज्जवलन तथा शिलालेखलाई अनावरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा उपस्थित मञ्चासिन वक्ताहरुले सेवाआश्रम उद्घाटनको बधाई दिनुका साथै संस्थापक रत्नेश्वर लाल कायस्थलाई अद्वितिय कार्य गरेको,आधुनिक बुद्ध,सौभाग्य प्रदानकर्ता,उदाहरणीय कार्यको प्रणेता,गुरु,ठुलो आत्मा,अनेकतालाई एकतामा ल्याउने अभियानी लगायतका विशेषणहरु प्रयोग गरी जति प्रशंसा गरे पनि कम हुने वक्ताहरुले बताएका थिए । कार्यक्रममा उपस्थित सबै संस्थापक परिवार,अतिथि तथा ग्रामिणहरुलाई माला,दोसल्ला,गमछा,कदरपत्र तथा मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रमको मध्य भागमा मटिहानी संस्कृत विद्यालयका भिक्षुहरुले शान्ति तथा भगवानका विभिन्न माँगलिक मन्त्रहरु उच्चारण गरी कार्यक्रमको शोभा बढाएका थिए भने मैथिलि तथा होलिका गीतहरुमा नृत्य तथा गीतको प्रस्तुतिले कार्यक्रममा चार चाँद थपेको थियो । कार्यक्रममा कलात्मक उद्घोषण घनश्याम भगतले गरेका थिए ।

431097501_1556145888262113_8979746676745182359_n