जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १९ बैशाख
१३५ औं विश्व मजदुर दिवसको अवसरमा ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले विद्यालयका गुरुवर्ग तथा कर्मचारीहरुलाई सम्मान गरेका छन् ।
सो सम्मान कार्यक्रममा वरिष्ठ शिक्षकहरु सरोज कुमार झा,विवेकानन्द झा,शिक्षक जय मिश्र तथा शिक्षिकाहरु बबिता झा,निलम पाण्डेय,रागनी ठाकुर,रुचिका यादव,रोशनी यादव,पिंंकी मिश्र,पुजा साह तथा लेखापाल राधा साह,प्रशान प्रमुख परेखि ठाकुर,कार्यालय सहयोगी रीना ठाकुर तथा सुरक्षा अधिकारी शत्रुधन साह लगायतलाई विद्यालयको संस्थापक तथा प्रधानाध्यापक प्रा.पवन कुमार साहले टीका लगाई खाँदा ओढाएर सम्मान गरेका थिए । मजदुर दिवसको महत्वको प्रकाश पार्दै मजदुरलाई सम्मान गर्नुपर्ने आवश्यकता रहेको वक्ताहरुले आफ्ना विचार राखेका थिए । साथै प्रधानाध्यापक प्रा.साहले शिक्षक तथा कर्मचारीहरु समेत एक मजदुर भएकाले विद्यालयमा यिनीहरुको पनि आजको दिन उच्च सम्मान हुनुपर्दछ बताउनुभयो । आजको दिन विश्वले नै १३५ औं मजदुर दिवस मनाइरहेको बखत अहिले देश तथा विभिन्न देशहरुमा काम गरिरहेको नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई शुभकामना दिनुका साथै उच्च उत्तरोत्तर प्रगतिको समेत कामना प्रा.साहले गर्नुभयो ।
