अध्यक्ष पदको उम्मेदवार,दिपु कुमार साह – Jaleshwortoday
अध्यक्ष पदको उम्मेदवार,दिपु कुमार साह
January 4, 2021
जय व्यापार,जय व्यापारी आदरणीय व्यापारी, उद्योगी, व्यवसायीहरु
जलेश्वर उद्योग वाणिज्य संघ, जलेश्वरको यही २०७७ पुस २५ गते साधारणसभा तथा माघ ३ गते मतदान हुन गइरहेको सबैलाई विदितै छ । त्यसमा हामी सम्पूर्ण व्यापारी, उद्योगी, व्यवसायीहरुले सानो व्यवसाय वा उद्योग किन नै सञ्चालन गरिरहेको छ, त्यो नै उद्योग वाणिज्य संघको नेतृत्वमा आउनुपर्छ भन्ने मलाई लागेको छ । यसमा सबैको साथ र सहयोगको अपेक्षासहित मैले पनि यस संघमा प्रथम उपाध्यक्षको हैसियतले काम गरेकोले एक पल्ट मलाई पनि यस संघको नेतृत्वमा (अध्यक्ष पदमा) पु¥याउनु हुनेछ भन्ने अपेक्षा सहित आफु यस संघको नेतृत्वमा पुगे यी कार्यहरु गर्ने प्रतिवद्धता जनाउन चाहन्छु ।
१)जलेश्वरमा सञ्चालित नगर बस जलेश्वर नगरपालिकाका १२ वटै वडामा पूर्ण रुपले सञ्चालन गर्नुपर्ने भएपनि विभिन्न कारणहरुले त्यस्तो नभएको पाईएकोले नेतृत्वमा आएसंगै जलेश्वर नगरभित्रमा सम्बन्धित निकायहरुसँग समन्वय गरि नगरबस सञ्चालन गर्नेछु । २) वि.सं. २०६८ सालमा भएको सेवा केन्द्रको आन्दोलनमा अध्यक्षले आन्दोलनको नेतृत्व लिन अस्विकार गरेपछि आफु का.वा.अध्यक्ष भई उद्योग वाणिज्य संघको नेतृत्वमा आन्दोलन हाकेको र सो आन्दोलनकै कारण भू संरक्षण कार्यालय, खानेपानी, वन कार्यालय र कर कार्यालय समेत त्यति बेला आएको र यातायात कार्यालय पछि दिने सम्झौता भएको स्मरण गराउन चाहन्छु । तर केही व्यक्तिहरुको कारणले कर कार्यालय सो समयमा फिर्ता भएपनि अहिले आएर सेवा दिन शुरु भएकोमा खुशी छु तर सम्झौता अनुसारको यातायात कार्यालय नआएकोले सो कार्यालय जलेश्वरमा स्थापना गर्ने पहलकदमी लिनेछु । ३)व्यापार, व्यवसाय फस्टाउनको लागि औद्योगिक मेला एउटा अत्यावश्यक भएपनि यसमा रहेको उदासिनतालाई चिर्दै जलेश्वरमा औद्योगिक मेला लगाई जलेश्वरको व्यापार व्यवसायमा वृद्धि गराई जलेश्वरलाई व्यापारिक दृष्टिकोणले समेत चिनाउने छु ।४) नेपालमै उत्पादन भएको समान यस नगरमा बेच्दा अनावश्यक किसिमले व्यापारीहरुलाई प्रहरी, प्रशासनबाट परेको दुःख, कष्ट तथा झण्झट निरुपणको लागि सम्पूर्ण सरोकारबाला निकायहरुसंग समन्वय र सहकार्य गरि त्यस्ता कार्यलाई निरुत्साहित गर्नमा अग्रता लिनेछु । साथै व्यापारीहरुलाई प्यान र भ्याटमा आकर्षित गरि जलेश्वर बजारक्षेत्रको गुणस्तर र प्रभावकारितामा ध्यान दिनेछु ।५)सरकारले व्यापारी, उद्योगी, व्यवसायीहरुलाई सरल र सहजढंगबाट बैंक लगायत वित्तिय संस्थामा ऋण उपलब्ध गराउन निर्देशन गरेपनि यसक्षेत्रका व्यापारीहरुलाई केही विचौलियाका कारणले सहज र सरल रुपमा ऋण प्रवाह नभइरहेकोले ति संस्थाहरुसंग समन्वय गरि ऋण, कर्जामा सहजता ल्याई व्यापार, व्यवसायमा सहजता ल्याउने प्रयासरत रहनेछु ।६)कुनै पनि क्षेत्रको आर्थिक विकासमा पर्यटनको प्रमुख भूमिका रहने भएकोले जलेश्वरको जलेश्वरनाथ महादेव मन्दिर, प्रसिद्ध शक्तिपिठ उमा महोदरी, मटिहानीको श्री लक्ष्मीनारायण मठ, पडौल गा.वि.स.मा अवस्थित कारिक स्थान, सौतिनिया पोखरी रामगोपालपुर, रौजा मजार, सोनामाई मन्दिर, टुटेश्वरनाथ महादेव मन्दिर, मंगलनाथ महादेव मन्दिरजस्तो पवित्र धार्मिक पर्यटनका सम्भावनाहरुको समुचित विकास गर्न यससंग सम्बन्धित सरोकारबालाहरुसंग समन्वय र सहकार्य गरि ति स्थलहरुको राष्ट्रिय र अन्तराष्ट्रिय पहिचानको लागि भूमिका खेल्नेछु भने राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनारीको रुपमा देखाउन जलेश्वरनाथ महादेवको डकुमेन्ट्री९म्यअगmभलतबचथ० बनाउने छु । त्यस्तै, जलेश्वरनाथ महादेवको समग्र विकास होस् भन्ने उद्देश्यले २०७८ साल महाशिवरात्रीको उपलक्ष्यमा जलेश्वरनाथ महाशिवरात्री मेला महोत्सव तथा मिथिला परिक्रमाको लागि जलेश्वर नगरपालिकासँग समन्वय गरि जलेश्वर उद्योग वाणिज्य संघको आयोजनामा भव्यताका साथ सम्पन्न गर्नेछु ।७) जलेश्वर नगर क्षेत्रलाई धार्मिक पर्यटकको आकर्षण केन्द्र, सफा, स्वच्छ बनाउन भिठामोड जलेश्वर जनकपुर सडक खण्डलाई अविलम्ब कालोपत्रे गर्न अति जरुरी भएको हुनाले सो कार्यकोे लागि अविलम्ब पहल गर्नेछु । यसको लागि सम्पूर्ण राजनीतिकपार्टीका प्रतिनिधिज्युहरु, महोत्तरीका सांसदज्यूहरु, नागरिक समाजका अगुवा, संघसंस्थाका प्र्रतिनिधिज्यूहरु, नगरपालिकासंग समन्वय र सहकार्य गरि सो योजनालाई सार्थकता प्रदान गर्ने छु ।८)जलेश्वर क्षेत्रको बजार व्यवस्थापन, जलेश्वरको बसपार्कलाई व्यवस्थित गरि नगरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुको साथै जलेश्वर नगर क्षेत्रमा फुटपाथमा जथाभावी अनावश्यक किसिमले राखिएको पसलहरुलाई व्यवस्थित गर्न, मुख्य सडक सुधार, पुरानो तथा नयाँ निर्माण भएको ढलहरुलाई व्यवस्थित गर्ने तथा जलेश्वरको ठूलो हाट बजार, मिना बजार, तरकारी बजार, माछामासु बजार, फलफुल बजार आदि समेत जलेश्वर नगरपालिकासंग समन्वय र सहकार्य गरि अविलम्ब योजनाबद्ध रुपले व्यवस्थित गर्नेछु ।९)यस क्षेत्रका व्यापारी, व्यवसायीहरुको पसल र व्यवसायमा हुने चोरीका घटनाहरुमा संलग्न हुनेलाई पक्राउ गरिए पनि क्षतिपूर्ति दिने चलन नहुँदा सानो व्यापारीहरुलाई मर्का पर्ने गरेकोले उचित क्षतिपूर्ति तथा मुआब्जाको लागि पहल कदमी लिनेछु ।१०)जलेश्वर नगरक्षेत्रमा हुने चाडपर्व, आन्दोलन लगायतमा भिडको कारणले टूाफिक जाम हुने समस्यालाई निरुत्साहित गर्न तथा बाढीको समस्यालाई समेत कम गर्न रिंगरोडको अवधारणालाई मूर्त रुपको लागि नगरपालिकासंग समन्वय गरि कार्यान्वयन गर्नेछु । ११)जलेश्वर अस्पताल रेफर अस्पतालको चिनारीलाई अझै कायमै राखेकोे देखिएकोले जलेश्वर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिसंग समन्वय सहकार्य गरि यसक्षेत्रको स्वास्थ्य उपचार तथा अस्पतालको सेवामा स्तरोन्नतीको लागि संयुक्त रुपमा पहलकदमी लिनेछु । १२) वर्तमान समयमा सेवामूलक शिक्षाक्षेत्र व्यापारको रुप धारण गरेको देखिएको र यसको मर्का विद्यार्थी तथा अभिभावकहरुमा परिरहेकोले सरकारले तोकेको तथा स्थानीय तहले बनाएको मापदण्ड विपरित सामुदायिक तथा नीजि विद्यालयले विद्यार्थीहरुसंग शुल्क लिए आफुहरुको समितिले सो विषयलाई संज्ञानमा लिई सरोकारबालाहरुसंग छलफल गरि त्यसको निरुपणको उपाय अवलम्बन गर्नेछु भने शिक्षा क्षेत्रमा संघले विधान विपरित गरेका कार्यहरुलाई समेत मेरो समितिबाट पूर्ण रुपमा निषेध गर्नेछु ।