जलेश्वर उद्योग बाणिज्य संघको २५ औं साधारण सभा सम्पन्न – Jaleshwortoday

जलेश्वर उद्योग बाणिज्य संघको २५ औं साधारण सभा सम्पन्न

 January 10, 2021  
Jaleshwor

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २५ पुस

जलेश्वर उद्योग वाणिज्य संघले २५ औ साधारण सभा शनिवार सम्पन्न गरेको छ । लामो समय देखि साधारण सभा गराउन नसकेर स्थानिय व्यापारीहरुले आलोचना गर्ने गरेकोमा अन्तत जलेश्वर उद्योग वाणिज्य संघले साधारण सभा सम्पन्न गर्न सकेको हो ।एउटै कार्यकाल लामो समयसम्म चलिरहदा व्यापारीहरुको व्यापक आलोचना र गुनासो हुदै आएकोमा अव भने जलेश्वर उद्योग वाणिज्य संघले नयाँ कार्यसमिति पाउने पक्का पक्की भएको छ । पौष २६ गते नोमिनेशन र माघ ३ गने निर्वाचन मिति तोकिएकोमा साधारण सभा सम्पन्न भए लगतै निर्वाचनको बाटो खुलेको हो ।संघका वर्तमान अध्यक्ष कृपा शंकर साहको अध्यक्षता,जलेश्वर नगरपालिका मेयर रामशंकर मिश्रको प्रमुख आतिथ्य र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य विजय कुमार साहको विशेष आतिथ्यमा साधारण सभाको खुल्ला सत्र सम्पन्न गर्दै अध्यक्ष साहले आफ्नो कार्यकालमा जलेश्वरको व्यापार व्यवासय वढाउन तथा व्यापारीहरुको हकहितको लागि विभिन्न कामहरु गरेको वताउदै भुलवस नचाहदा नचाहदै कुनै व्यवसायी वा संघमा आवद्ध कसैको चित्त दुखेमा क्षमा गर्दै संघलाई थप उर्जाका साथ व्यापारीहरुको हकहितमा अगाडी वढाउन आग्रह गरे । उनले एउटा चटाई(भुईमा ओछ्याउने ओछ्यान)मा वसेर सुरु भएको संघ आज आफ्नै भवनमा रहेर साधारण सभा समेत यसैमा गर्न सक्नु उपलब्धी रहेको वताए ।यता जलेश्वर नगरपालिकाका मेयर मिश्रले संघलाई थप भवन निर्माणको लागि नगरपालिकाबाट १५ लाख आर्थिक सहयोग गर्ने वताए । उनले सहज वातावरणमा संघको निर्वाचन सम्पन्न गरि यहाको व्यापार व्यवसायलाई उचाईमा पुर्याउन सवैको सहयोग अपरिहार्य रहेको वताए । उनले जलेश्वर नगरपालिकाले सदैव यहाको व्यापार व्यवसायको उत्थान र विकासमा सहयोगी भुमिका निर्वाह गरिरह्ने वताए ।