ज्ञान गंगाले बादबिबाद प्रतियोगिता गरी ६०औं राष्ट्रिय बाल दिवस मनाए – Jaleshwortoday

ज्ञान गंगाले बादबिबाद प्रतियोगिता गरी ६०औं राष्ट्रिय बाल दिवस मनाए

 September 13, 2024  
1

सोनी साह
जनकपुरधाम, २८ भाद्र

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले बादबिबाद प्रतियोगिता गरी ६०औं राष्ट्रिय बाल दिवस मनाएको छ ।
प्रत्येक वर्ष भाद्र २९ गते तदअनुसार १४ सेप्टेम्बरमा मनाइने अन्तर्राष्ट्रिय बाल दिवस यस वर्ष “बालबालिकामा लगानीःसुनिश्चित भविष्यको थालनी” नाराको साथ मनाइने भएको छ । शनिवार प्रायः विद्यालय तथा विश्वविद्यालयहरु बन्द रहने भएकोले शुक्रबार नै धेरैजसो विद्यालयहरुले विभिन्न कार्यक्रमहरु गरी बाल दिवस मनाएका छन् ।
त्यसैगरी ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले १५ जना विद्यार्थीहरुलाई तलबार भन्दा कलम बलियो भन्ने बादबिबाद प्रतियोगितको शिर्षकमा सहभागि गराएर तिनीहरुको प्रतिभाको मूल्याँकन गरी विरेन्द्र दास प्रथम,आदित्य राज कुमार साह द्वितीय र पुष्कर ठाकुर तृतिय भएका थिए । कार्यक्रमको दोस्रो चरणमा विद्यार्थीहरुले मनमोहक नृत्यहरु प्रस्तुत गरेका थिए । अन्त्यमा बादबिबाद प्रतियोगितमा प्रथम,द्वितीय तथा तृतिय हुने विद्यार्थीहरु क्रमशः विरेन्द्र दास,आदित्य राज कुमार साह तथा पुष्कर ठाकुरले सँयुक्त रुपमा ठूलो केक काटी बाल अधिकारको सहर्ष सम्मान गर्दै बाल दिवस मनाइएको थियो । उपस्थित विद्यार्थीहरुलाई केक तथा चकलेट खुवाइएको थियो भने जुनियर कक्षाका विद्यार्थीहरुलाई बैलुन समेत बाँडिएको थियो । यस अवसरमा विद्यालयको प्रधानाध्यापक प्रा.पवन कुमार साह तथा उपप्रधानाध्यापक सोनी साहले विद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा वरिष्ठ शिक्षक विवेकानन्द झा,शिक्षक जय मिश्र,संजीत महतो, शिक्षिका रागनी झा,रोशनी यादव,रुचि यादव,राधा साह,पिंकी मिश्र,प्रिति साह,बबिता झा,रागनी ठाकुर,रन्जु ठाकुर,किरण शर्मा,अर्चना झा,निलम पाण्डेय,परेखा ठाकुर लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सामाग्री व्यवस्थापनमा शिक्षिका राधा साह,रुचि यादव तथा रोशनी यादवको विशेष भूमिका रहेको थियो भने कार्यक्रम संचालन तथा उद्घोषणमा शिक्षक जय मिश्रको सहयोग रहेको थियो ।

2