जलेश्वरटुडे समाचारदाता
धनुषा, २९ भाद्र
धनुषाको जनकनन्दनी गाउँपालिकामा पालिका स्तरीय चित्रकला, निबन्ध, हाजिरीजवाफ, वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
बालबालिकामा लगानी ःसुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ जनकनन्दनी गापा–४ स्थित श्रीके.एसएच.एस.बि.मा.खजुरी महुवामा ६०औ राष्ट्रिय बाल दिवसको अवसर पारेर सो प्रतियोगिता आयोजना गरिएको हो ।
प्लान ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा आसमान नेपाल, एसडीआरसी र सीएफडब्लुएले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा गाउँपालिकाका ११ वटै बिद्यालयको सहभागिता रहेको थियो ।
हाजिरी जवाफ प्रतियोगिता तर्फ सहभागी ६ वटा बिद्यालयमध्ये श्री के.एस.एच.एस.बि.मा खजुरी महुवा प्रथम, श्री मा.बि.खजुरी चन्हा द्धितिय र श्रीआधारभुत बिद्यालय कठाल तृत्तिय स्थान ल्याएको थियो ।
यस्तै, चित्रकला प्रतियोगितातर्फ ९ वटा बिद्यालयहरुले भाग लिएका मध्ये श्रीगिरिजा राष्ट्रिय आधारभुत बिद्यालयका गुडिया कुमारी मंडल र दिपक कुमार महरा प्रथम स्थान ल्याए भने श्रीके.एस.एच.एस.बि.मा.बि खजुरी महुवाका रोशन कुमार महरा र श्री रा.प्रा.बि .उध्दाका गुन्जन कुमारी मंडल द्धितिय र श्री मा.बि.खजुरी चन्हाका हिरा कुमारी सदा र श्री आ.बि कठालका अर्जुन कुमार ठाकुर तृत्तिय स्थान ल्याएका थिए ।
निबन्ध लेखन प्रतियोगितातर्फ ६ वटा बिद्यालयहरुले भाग लिएको मध्ये श्री आ.बि .कठालका साजन कुमार यादव र श्री मा.बि .खजुरी चन्हाका दिपिका कुमारी प्रथम स्थान ल्याए । श्री रा.आ.बि.बल्हागोठका दिपेश कुमार शर्मा र श्री के.एस.एच.एस.बि.मा.बि खजुरी महुवाका राधिका कुमारी महरा द्धितिय र श्री गिरिजा राष्ट्रिय आ.बि .महुवाका सुरज कुमार ठाकुर र श्री आ.बि. कठालका सोनिया कुमारी ठाकुर तृत्तिय भए ।
वक्तृत्वकला प्रतियोगितातर्फ ३ वटा बिद्यालयहरुले भाग लिएको मध्ये श्री मा.बि.खजुरी चन्हाका नितिश कुमार पंडित र सबिहा खातुन प्रथम स्थान हासिल गरेका थिए भने श्री के.एस.एच.एस.बि.मा बि खजुरी महुवाका कृष्णा कुमार मंडल र श्री शंकर मा.बि.बनरझुल्लाका अन्त्रा कुमारी यादव द्धितिय र श्री शंकर मा.बि.बनरझुल्लाका कृष्णा कुमार कापर र श्री के.एस.एच.एस.बि.मा.बि खजुरी महुवा अस्मिता कुमारी शर्मा तृत्तिय भएका थिए ।
श्री के.एस.एच.एस.बि.मा.बि. खजुरी महुवाका प्रअ राम किशोर यादवको अध्यक्षतामा भएको सो प्रतियोगिता जनकनन्दनी गाउँपालिकाका उपाध्यक्ष कमला सहगलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सो अवसरमा वडा नंः ४ का वडाध्यक्ष दिलिप कुमार यादव, जनकनन्दनी गाउँपालिकाका शिक्षा सहजकर्ता राजेन्द्र प्रसाद साह, आसमान नेपालका शिक्षा परियोजनाका संयोजक संजय कमार राम , अन्जन यादव, अनिती पल, बालबिवाह न्युनिकरण परियोजनाका फिल्ड सुपरभाइजरहरु ब्रह्मदेब यादव, राममनोहर महरा र राजेन्द्र सदाय, एसडीआरसीका फिल्ड सुपरभाइजर बिजय कुमार साह र सीएफडब्लुएका सुपरभाइजर ममता मंडल लगायत पालिकाका ११ वटै बिद्यालयका प्र.अ. तथा शिक्षक र बिद्यार्थीहरुको सकृय सहभागीता रहेको थियो । उक्त प्रतियोगिताको संचालन श्री के.एस.एच.एस.बि.मा.बि खजुरी महुवाका शिक्षक देबराज महराले गरेका थिए ।
