जलेश्वरटुडे समाचारदाता
धनुषा, ११ माघ


पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय अध्यक्ष पदमा रामकुमार महतोसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

जनकपुरको उघोग बाणिज्य संघमा शनिबारदेखि चलिरहेको पिछडावर्ग ओबिसीको महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा महतोसहित ४१ जना नयाँ पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् भने ३ जना पदाधिकारी मनोनित गरिएको छ ।

निर्वाचित नयाँ कार्य समितिमा अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, सह–महासचिव २ जना, सचिव २ जना, कोषाध्यक्ष १ जना, सह–कोषाध्यक्ष १ जना रहेका छन् ।

यस्तै महिला सदस्य १० जना र पुरुष सदस्य १८ जना गरि ४१ जनाको कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । अहिले जम्मा मनोनित ३ जना पदाधिकारी मिलाएर जम्मा कार्यसमिति ४४ जनाको रहेको राष्ट्रिय अध्यक्ष राजकुमार महतोले जानकारी गराउनुभयो ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत कालेश्वर महतोले प्रमाण पत्र वितरण तथा सपथ ग्रहण गराएका थिए ।

भने मनोनित पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा धनुषाबाट ईन्दु सिंह,उपाध्यक्षमा धनुषाबाट बबिता पुर्बे र केन्द्रिय सदस्यमा महोत्तरी जिल्लाबाट पवन कुमार साहलाई नव निर्वाचित राष्ट्रिय अध्यक्ष महतोले टिका,माला तथा खादा लगाई सम्मान गर्नुका साथै प्रमाणपत्र दिई शपथ समेत ग्रहण गराउनुभयो ।



