पोषण तथा गर्भपतन सम्बन्धमा सञ्चारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न – Jaleshwortoday

पोषण तथा गर्भपतन सम्बन्धमा सञ्चारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

 October 15, 2024  
2

गणेश कुमार सिंह

महोत्तरी , २९ असोज

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर ०२ स्थित रहेको जनस्वास्थ्य कार्यालयको हलमा जनस्वास्थ्य कार्यालय महोत्तरीको आयोजनामा पोषण तथा गर्भपतन सम्बन्धमा सञ्चारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता कार्यालय प्रमुख नवल किशोर साहले गर्नुभएको थियो । उक्त कार्यक्रमको फोकल पर्सन प्रतिभा सिंहले आउँदो कार्तिक १ र २ गते भिटामिन “ए” खुवाउने कार्यक्रम समेत रहेको जानकारी गराएका छ ।

सिंहले पोषणको आवश्यकता,नेपालमा बालमृत्युदरको अवस्था,कुपोषणको कमि भएको शिशुहरुको डाटा ,६-२३ महिनासम्म का बालबालिका लाई खुवाउने बाल भिट्टा पर्ने,नवजात शिशु तथा बालबालिकामा देखिएको पुड्कोपना,ख्याउटेपन, कम तौल, कुपोषणको संरचनागत अवधारणा, बहुक्षेत्रीय पोषण योजना, लगायत विभिन्न बिषय बस्तु सम्बन्धि महोत्तरी जिल्लाका सञ्चारकर्मिहरु संग छलफल गरेका थिए ।
कार्यक्रममा स्वास्थ्यकर्मी तथा जिल्ला भरिका सञ्चारकर्मिहरुको उपस्थिति रहेको थियो ।