प्रदेश सरकारको रबैयाले खेलाडी निराश, पाएन् पुरस्कार राशि - Jaleshwortoday

Best free slot sites

  1. New No Deposit Bingo And Slots: Since the element of wasting time on creating an account is omitted, you can easily play for real money whenever you feel like it, and instantly cash out your winnings afterward.
  2. Real Slots Games Canada - The RTP in the game is above 95%, so every player can count on generous payouts.
  3. Og Casino Login App Sign Up: Of course, APT offers a variety of tools to help you prepare for the 2024 WSOP.

Treasure island cryptocurrency casino red wing au

Online Casino Top Ten
Designed to cater to the needs and whims of the most active players, it is open to members with higher loyalty levels.
No Deposit Bonus Video Slots
Sometimes you don't have to have big and complicated mechanics in order to have fun.
The platform has a simple and elegant design.

Crypto Casino net program

Canada Casino Slots Online
EuSlot Casino offers multiple online banking options that will come in handy when making deposits.
Weplayers Casino No Deposit Bonus 100 Free Spins
This will work more times than not, and it can put you in the winning position right from the get-go.
All Things To Scope Out In The Casino

प्रदेश सरकारको रबैयाले खेलाडी निराश, पाएन् पुरस्कार राशि

 ४ कार्तिक २०८१, आईतवार २३:४५  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ४ कार्तिक

सतिशकुमार सिंह नेतृत्वको मधेश प्रदेश सरकारले गएको भदौ २८ गते प्रदेश खेलकूद विधेयक २०८१ सर्वसवम्मले पारित गराए ।

खेलकूद विधेयक पारित भएको केही घण्टा नबित्दै खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले यसको जस लिन पत्रकार सम्मेलन नै गरे ।

उनले साढे ६ वर्षदेखि बन्न नसकेको खेलकूद सम्बन्धी ऐन बनाएको दावी गर्न छुटाएनन् ।

खेलाडी र प्रशिक्षकहरुले पनि प्रदेश सरकारको यो कार्यको प्रंशंसा गरे नै । तर, विधेयक पारित भएको महिना दिन बितिसके पनि कार्यान्वयनतिर सरकारले कुनै चासो लिएको देखिदैन् ।

अन्य प्रदेशहरुमा खेलकूद सम्बन्धी ऐनलाई टेकेर खेलकूद परिषद् समेत गठन भइसकेको अवस्थामा मधेशमा यसतर्फ सरकारले खासै चासो नलिदा खेलाडीहरुमा नैराश्यता बढ्दै गएको प्रशिक्षकहरुले गुनासो गरेका छन् ।

खेलकूद परिषद् गठन गरेर खेलाडीको प्रशिक्षण, खेलको वातावारण निर्माण गर्नुका साथै प्रशिक्षकहरु नियुक्त गर्नुपर्ने हो ।

यस वर्षको अन्त्यमा ११औं राष्ट्रिय खेलकूद कर्णाली प्रदेशमा हुन लागेको छ । यस वर्ष पनि मधेश प्रदेशले राम्रो प्रदर्शन गर्ने सम्भावना घट्दै गएको छ । पूर्वाधार र श्रोतसाधन अभावमा खेलाडीहरुले राष्ट्रिय खेलकूदमा पनि उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन् । यसअघि पोखरामा सम्पन्न १०औं राष्ट्रिय खेलकूद प्रतियोगितामा संख्यात्मक रुपमा खेलाडीहरु बढी सहभागी भएपनि पदक जित्नमा सफल हुन सकेको थिएन् ।

पूर्वाधार र श्रोतसाधन अभावमा खेलाडीहरुले अपेक्षित प्रदर्शन गर्न नसकेको प्रशिक्षकहरुको तर्क छ ।

अहिलेसम्म तयारी सुरु भइसक्नुपर्ने थियो, भलिवलका राष्ट्रिय प्रशिक्षक भरत यादवले भने–तर, सरकारले कुनै चासो राखेको छैन् ।

प्रदेशको प्रतिनिधित्व गर्दै देश र विदेशमा उत्कृष्ट गरेका खेलाडीहरुको प्रदेश सरकारले कहिल्यै खोजखबरसमेत लिएको छैन् ।

खेलाडी के कस्तो अवस्थामा छ, प्रदेश सरकारलाई कुनै मतलब छैन् । ट्रफी जितेर ल्याउनुसित मात्र मतलब रहेको छ, उनले भने–यसको लागि गर्नुपर्ने सहयोगबारे सरकार अनभिज्ञ छ ।

प्रदेश सरकारको बेवास्ताका कारण मधेशका खेलाडीहरु अगाडि बढ्न नसकेको उनले दावी गरे ।

खेल र खेलाडीप्रति वर्तमान प्रदेश सरकारको रबैया सकारात्मक नरहेको उनले दावी गरे ।

यादव प्रशिक्षक रहेको महिला भलिवल टोलीले काठमाण्डौमा सम्पन्न प्रतियोगितामा भारतीय महिला टोलीलाई पहिलो पटक पराजित गरेको थियो । यादवको रेखदेखमा महिला भलिवल टोलीले हासिल गरेको सफलताबाट प्रभावित भएर काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले खेलाडी र प्रशिक्षकहरुलाई जनही एक÷एक लाख नगद प्रदान गरेर सम्मानित गरे । केही दिन नबित्दै संघीय सरकारले पनि जनही दुई÷दुई लाख दिएर सम्मान गरेका थिए ।

मधेशका प्रशिक्षक अन्य प्रदेशमा सम्मानित भइरहदा आफ्नै प्रदेशमा बञ्चित छन् ।

मधेश प्रदेशका क्रिकेट खेलाडीहरुले केपी ओली कप जितेर ल्याएपछि पुरस्कारवापत पाउनुपर्ने नगद पाँच लाख सतिशकुमार सिंह नेतृत्वको सरकारले दिन सकेको छैन् ।

मुख्यमन्त्री सिंहसहित खेलकूद तथा समाज कल्याण मन्त्री जयसवाल र निमित्त सचिव चुडामणि फुयाललाई पटक पटक ताकेता गरेपनि उक्त रकम उपलब्ध गराउन चासो लिएका छैनन् ।

विगतको सरकारले घोषणा गरेर नदिएकाले आफूहरुलाई दिन समस्या भएको मुख्यमन्त्री सिंहले बताए ।

उक्त रकमका लागि अहिलेसम्म कागजातहरु समेत नभेटेकाले रकम तत्काल उपलब्ध गराउन मुस्किल रहेको सिंहले बताए ।

उक्त रकमका लागि खेलकूद मन्त्रालयमा बजेट छ÷छैन, मन्त्रीज्यूसित छलफल गरेपछि मात्रै केही भन्न सकिने सिंहले जानकारी दिए ।

सरोजकुमार यादवले घोषणा गरेको केही दिन नबित्दै तत्कालीन शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटेका कारण उक्त रकम खेलाडीहरुलाई उपलब्ध गराउन सकिएको थिएन् ।

शिक्षा तथा संस्कृति मन्त्रालय र खेलकूद तथा समाज कल्याण मन्त्रालय बनाएपछि खेलाडीले पुरस्कार स्वरुपको रकम पाउन सकेको थिएन् ।

वर्तमान सरकारले पनि उक्त रकम दिन सकारात्मक नदेखिएको मधेश प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले बताए ।

सचिवज्यूले माग्नुभएको आवश्यक कागजातहरु बुझाइसकेपनि हालसम्म रकम भने उपलब्ध नगराएको सचिव श्रेष्ठले थपे ।

मन्त्री र सचिवज्यूसित पटक पटक कुराकानी भएपनि प्रक्रिया भने अगाडि बढन नसकेको उनले जानकारी दिए ।

मधेश प्रदेशमा खेल र खेलाडीको अवस्था यसैबाट छर्पस्ट हुन्छ, उनले भने ।