जलेश्वरटुडे समाचारदाता
धनुषा, ५ फागुुन


जनकपुरधाममा ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले एउटा कार्यक्रम वीच ४ औं बार्षिकोत्सवको अवसरमा सरस्वती पुजा तथा श्री हनुमान आराधना गरेका छन् ।

सो अवसरमा संस्थापक तथा प्र्रधानाध्यापक पवन कुमार साहले ५ वटा जनकपुरधामका मन्दिरहरुबाट ५ वटा साधुहरुलाई ,सम्पूर्ण भारत तथा नेपालका चौरासी लहेरी स्वजाति,श्री देवअंशी लहेरी समाजको पदाधिकारी,विद्यालयका अभिभावक,अतिथि, कर्मचारी,विद्यार्थी तथा शुभेच्छुकहरुलाई समेत आमन्त्रण गर्नु भएको बताउनुभयो ।

सरस्वती पुज्नोत्सव करिब ११ बजे विसर्जन भएर १२ बजे दिउँसोबाट हनुमान आराधना विधिवत रुपमा शुरुवात गरिएको थियो । कार्यक्रममा हनुमान

आराधनाको सत्संग पाठ समाप्त भएपछि करि४ बजे बेलुकाबाट साँस्कृतिक कार्यक्रम हेलो मिथिला साँस्कृतिक समुह,कपिलेश्वरले संचालन गरेका थिए ।

कार्यक्रमको अन्त्यतिर ज्ञान गंगा विद्यालयका छात्रछात्राहरुले समेत विभिन्न धार्मिक तथा लोक मैथिलि गीतहरुमा कथक नृत्यका साथै अन्य नृत्य समेत

प्रस्तुत गरेका थिए । नृत्य तथा साँस्कृतिक कार्यक्रम हेर्नेहरुको भीड ठूलै देखिएको थियो । कार्यक्रममा संगीतको श्रवण गर्दै श्रद्धालुहरु आफूलाई रोक्न नसकि नाच्न

समेत बाध्य भएको साँस्कृतिक कार्यक्रम संचालक शम्भु साहले बताउनुभयो ।

कार्यक्रममा प्रसाद वितरण गरिनुका साथै सम्पूर्ण आगन्तुकहरुलाई भोजन समेत गराइएको आयोजक परिवारको उप—प्रधानाध्यापक सोनी देवी साहले जानकारी

गराउँनु भयो । सोहि दिन २५ जना भन्दा बढी जना विद्यार्थीहरुका निःशुल्क नामांकन गरिएको लेखा तथा प्रशासन प्रमुख सरस्वती नायकले जानकारी

गराउनुभयो । कार्यक्रममा संस्थापक साहले विद्यालयका शिक्षक—शिक्षिका तथा कर्मचारीहरुलाई निःशुल्क पोशाक,न्यानो ट्रेक शुट तथा विन्ड चिटर वितरण

गर्नुभएको थियो । संस्थापक साहले आफू सेवा भावबाट विद्यालयको स्थापना गरेको हुनाले गरिब तथा पढनबाट बञ्चित रहेका बालबालिकाहरुलाई खोजि खोजि

निःशुल्क पढाउने तथा अन्तरराष्ट्रिय स्तरमा विद्यालयको गुणस्तर कायम

गरिसकेको र अझै शसक्त रुपमा नमुना विद्यालयको रुपमा यस वर्ष अगाडी बढने बताउनुभयो । कार्यक्रम हेर्ने तथा विद्यालयमा पुगेका आगन्तुकहरुले

विद्यालयको व्यवस्थापन तथा अन्य सुन्दर व्यवहारको प्रशंसा गरेका थिए ।


आयोजक प्र.अ. साहले कार्यक्रममा आउनेहरु प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नुभयो ।



















