जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ९ पौंष
महोत्तरी जिल्लाको सम्पुर्ण पालिकामा कोभिड १९ को कार्यक्रम सञ्चालन हुने भएको छ । आज कार्यक्रममा स्वास्थ्य कार्यालय महोत्तरीको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडिले गर्नु भएको थियो । कार्यक्रममा ५ बर्ष देखि ११ बर्ष सम्मको बालबालिका र १२ बर्ष देखि माथिका सबैलाई दुई चरणमा खोप सञ्चालन गरिने बताइएको थियो । पुष १४ गते प्रथम चरणमा पिपरा गा.पा., महोत्तरी गा.प., एकडारा गा.पा., जलेश्वर न.पा., लोहारपट्टि न.पा., मनरा सिस्वा न.पा. र मटिहानी न.पा. गरी ७ ओटा पालिकाहरु र त्यसैगरी पुष १८ गते दोस्रो चरणमा रामगोपालपुर न.पा., बर्दिबास न.पा., बलवा न.पा., भंगहा न.पा., औरही न.पा., गौशाला न.पा., सोनमा गा.पा. र सम्सी गा.पा.गरी ८ ओटा पालिकाहरुमा कोभिड खोप अभियान सञ्चालन गरिनेछ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, जलेश्वर प्रदेशिक अस्पतालका मे सु डा. प्रभात गामी, सुरक्षा निकायका प्रमुखहरु,नेपाली सेना श्री गोरखनाथ गणका प्रमुख सेनानी बिनोद बिकाश पाठक,शसस्त्र प्रहरी बलका शसस्त्र प्रहरी उपरिक्षक बिनोद के.सि., नेपाल प्रहरीका प्रहरी उपरिक्षक नकुल पोखरेल,राष्ट्रिय अनुसन्धान बिभागका उपअनुसन्धान
निर्देशक सुदिप अधिकारी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।
