जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २६ पौष
एकडारा गाउँ पालिकाको एकडारा स्वास्थ्य चौकिमा गर्भवती महिला तथा शिशुहरुको स्वास्थ्य जांचको लागी Video X-ray सेवा सँचालन उदघाटन समारोह कार्यक्रम समपन्न भएको छ ।
महोत्तरी जिल्लाको एकडारा गाउपालिकामा गर्भवती महिला तथा शिशु जाँचका लागि USG (भिडियो एक्स–रे) संचालन उद्घाटन समारोह तथा स्वास्थ्य संस्था प्रमुखहरुलाई ल्यापटप वितरण गरिएको छ । सो कार्यक्रममा ५ ओटै वडाका स्वास्थ प्रमुखहरुलाई ल्यापटप बितरण गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता गाउपालिका अध्यक्ष दिप नारायण मण्डलले गर्नु भएको थियो । प्रमुख अतिथिको रुपमा वल्र्ड भिजनकि महोत्तरी जिल्ला संयोजक पुजा पोखरेल मण्डल, गाउपालिका का कर्मचारीहरु,अन्य संघ संस्थाका कर्मचारीहरु तथा पत्रकार समेतको उपस्थिति रहेको थियोे ।
