मधेस प्याब्सनद्वारा आयोजित क्रिकेट टुर्नामेन्टमा पहिलो दिन शिखर सागरमाथालाई हराउदै गोदाबरी विजयी – Jaleshwortoday

मधेस प्याब्सनद्वारा आयोजित क्रिकेट टुर्नामेन्टमा पहिलो दिन शिखर सागरमाथालाई हराउदै गोदाबरी विजयी

 January 18, 2025  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ५ माघ

मधेस प्याब्सनद्वारा आयोजित क्रिकेट टुर्नामेन्टमा शनिवार पहिलो दिन उद्घाटन पछिको खेलमा शिखर सागरमाथालाई हराउँदै गोदाबरी विजयी भएको छ ।
कार्यक्रमको उद्घाटन मधेस प्याब्सनको केन्द्रीय अध्यक्ष प्रा. अमरेन्द्र कुमार झा र जिल्ला अध्यक्ष सुजित मिश्रले क्रमशःव्याटिंग र बलिंग गरेर क्रिकेट टुर्नामेन्टको उद्घाटन गर्नु भएको थियो । बाह्रविगहा खेलमैदानमा टस जितेर फिल्डींग रोजेको गोदाबरी से.स्कुललाई शिखर सागरमाथा से.स्कुलले १६ ओभर पुरा खेलेर ६ वटा चौका र अरु रनको सहयोगमा १४३ रन बनाएका थिए । १४४ विशाल रन बनाउनको लागि गोदाबरी से.स्कुलले १ वटा छक्का,३ वटा चौका र अरु रन प्रहार गरी १ बिकेटले जित हात पारेका थिए । दुबै विद्यालय वीच रोमाञ्चक तथा घमाशान खेल भएको थियो । करिव १ बजे शुरु भएको खेल हेर्न दर्शहरुको बाक्लो उपस्थिति देखिएको थियो । केन्द्रीय अध्यक्ष झाले म्यान अफ द म्याचको मैडल गोदाबरी से.स्कुललाई प्रदान गर्नु भएको थियो । ९ औं वार्षिकोत्सवको अवसरमा संचालन भएको क्रिकेट टुर्नामेन्टको दोस्रो दिन आइतबार बिहान ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुल र सरस्वती विद्यापीठ पब्लिक इ.बो.स्कुल वीच र दिउसोको खेल गैलेक्सी से.स्कुल र ग्रीनउड ई.एकेडेमी वीच हुने आयोजक बताए । त्यसैगरी अर्काे खेल एन्जल्स से.स्कुल वीच समेत हुने बताइएको छ । केन्द्रीय अध्यक्ष झाले मधेस प्याब्सनद्वारा संचालित यस क्रिकेट टुर्नामेन्टले थप मधेस प्रदेशका विद्यार्थीहरुलाई उर्जा प्रदान गर्नुका साथै प्रत्येक साल यो खेलको आयोजना गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

2