जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २२ माघ
पिपरा गाउँपालिकाको सभा हालमा आज पाठेघरको मुखको क्यान्सर बिरुद्धको HPV खोप (सिकोलीन Cecolin खोप) संचालन सम्बन्धी पालिका स्तरीय खोप समन्वय समिति तथा सरोकारवालाहरुसंग एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन भएको छ । उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष रामजानकी यादवज्यूको अध्यक्षतामा सम्पन्न भएको छ भने प्रमुख अथितिको रुपमा स्वास्थ्य कार्यालय महोत्तरीका कार्यालय प्रमुख नवल साह उपस्थित हुनुभएको थियो । यसै कार्यक्रममा पिपरा गाउँपालिकाका वडा अध्यक्षहरु, पालिकाका स्वास्थ्य संयोजक बिरेन्द्र यादव, स्वास्थ्य सह संयोजक रणधीर यादव लगायत बिभिन्न शाखाका शाखा प्रमुख, स्वास्थ्य कार्यालयका खोप अधिकृत दिपेन्द्र राय, सहयोगी संस्था रतौली युवा क्लब, बागमती सेवा समाजका प्रतिनिद्धि, स्थानीय सुरक्षाकर्मी तथा संचारकर्मीहरु उपस्थित रहेको थियो ।
कार्यक्रमको बारेमा सह-संयोजक रंधिर यादवले HPV खोप अभियानको बारेमा जानकारी गराउनु भयो भने विश्व स्वास्थ्य संगठन (WHO) का प्रतिनिधि डा. नितेश मिश्र ले प्रबिधिक रुपमा HPV बिरुद्धको सिकोलीन Cecolin खोपको बारेमा बिशेष जानकारी गराउनु भयो ।
HPV को संक्रमणबाट नेपालमा प्रति दिन करिब ४ जना तथा वार्षिक रुपमा १३१३ जनाको मृत्यु हुने गरेको हुनाले यस विरुद्धको खोप अभियान सफलतापुर्वक संचालन गरे धेरै जनाको ज्यान जोगाउन सकिन्छ किनभने यसको प्रभावकारीता ९८-१००% सम्म रहेको बारे स्वास्थ्य संयोजक बिरेन्द्र रायले जानकारी गराउनु भयो ।
२०८१ माघ २४ देखी संचालक हुने यस खोप अभियान अन्तर्गत पिपरा गाउँपालिकामा २४ वटा खोप केन्द्र बाट जम्मा २४१३ लाई खोप लगाइने लक्ष्य रहेको स्वास्थ्य सह संयोजक रणधीर यादवले जानकारी गराउनु भयो ।
Human Papilloma Virus को २०० भन्दा बढि Serotype रहे पनि यस अंतर्गत १२ किसिमको वायरसले मुख्य गरी क्यानसर रोग लागने गरेको छ। जसमध्ये HPV को १६ र १८ serotype ले खास गरेर ८०% पाठेघरको मुख को क्यान्सार हुने गरेको छ ।
पाठेघरको मुखको क्यान्सार रोकथामको लागि सरकारले यस बर्ष अभियानको रुपमा सिकोलीन Cecolin खोप कार्यक्रम संचालक गरी आगामी बर्ष देखी नियमित बनाउने लक्ष्य रहेको छ ।
