जलेश्वरटुडे समाचारदाता
जलेश्वर, २६ फागुन
जलेश्वरस्थित रहेको बालमन्दिर आधारभूत विद्यालयलाई सेन्चुरी कमर्सियल बैंकको जलेश्वर शाखाले फर्निचर सहयोग गरेको छ ।
पmर्निचर हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद रानी शर्माले बैंकको सराहनीय कदमलाई स्वागत गर्दै अगामी दिनमा आफूले बालमन्दिरमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । उनले आफ्नै निर्वाचन क्षेत्रको विद्यालय भएपनि अहिलेसम्म ओझलमा परेको खबरले दुखित बनाएको बताइन् ।
नेपाल बाल संगठन महोत्तरीका सभापति मनोज कुमार नायकको अध्यक्षतामा सम्पन्न पmर्निचर हस्तान्तर कार्यक्रममा जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष लवराजा सिंहले यस विद्यालयमा आफ्नो बाल्यकाल बितेको स्मरण गरे । उनले बालमन्दिरमा तत्कालिन समयमा वितरण हुने दुधलाई बिलायती दुध भन्ने बताए । आफूतर्फबाट हुनसक्ने सहयोगको लागि पहल गरिरहेको सिंहले जानकारी दिए । केही दिनभित्रै विद्यालयलाई सहयोग हुनसक्ने बातावरणको निर्माण गर्न नेपाल रेडक्रस सोसाइटी महोत्तरीका सभापति दिपक मिश्र, जलेश्वर २ का वडाप्रतिनिधि बलवीर गुप्ता, बाल संगठनका पूर्वअध्यक्ष दिलबहादुर श्रेष्ठ, प्रल्हाद साह, संचारकर्मी रञ्जन भण्डारी, समाजसेवी अरबिन्द साहलगायतले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सेन्चुरी कमर्सियल बैंक जलेश्वर शाखाका प्रबन्धक मुकेश प्रसाद जयसवालले आफ्नो बित्तिय संस्थाको स्थापना दिवसमा सामाजिक कार्य गर्ने जिम्मेवारी अन्तर्गत २४ जना बालबालिका पढ्न सक्ने ६ वटा फर्निचर सेटमा सहयोग गरेको जानकारी दिए । बालमन्दिर विद्यालय २०३१ सालमा स्थापना भएकोमा २०४३ सालदेखि विद्युत सेवाबाट बंचित रहेको र अन्य पूर्वाधारमा समेत कमी रहेको समयमा प्राप्त भएको सहयोग सराहनीय रहेको प्रधानाध्यापक सुरेन्द्र सिंहले बताए । बालमन्दिर विद्यालयमा २१० जना बालबालिका अध्ययनरत छन् ।
