स्व.परशुराम साह मिथिला परिक्रमा तथा जनकपुरधाम स्थित राम जानकी मन्दिर धर्मसंस्थाद्वारा परिक्रमालाई स्वागत गर्न आग्रह – Jaleshwortoday

स्व.परशुराम साह मिथिला परिक्रमा तथा जनकपुरधाम स्थित राम जानकी मन्दिर धर्मसंस्थाद्वारा परिक्रमालाई स्वागत गर्न आग्रह

 March 16, 2021  

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २ चैत्र

महोत्तरीको स्व.परशुराम साह मिथिला परिक्रमा तथा जनकपुरधाम स्थित राम जानकी मन्दिर धर्मसंस्थाद्वारा परिक्रमालाई स्वागत तथा वितरण गरिने सामाग्रीबारे एउटा कार्यक्रम वीच जानकारी गराइएको छ । संस्थापक परिवारले डोला अगुवाईको निम्ति साहुजी टोल जलेश्वर वडा नं. ६ मा अवस्थित धर्मसंस्था कार्यालयमा बुधबार बिहान ९ बजे उपस्थित भई त्यहाँबाट बिहान ९ः३० बजे भार्गवसरको डीलमा उपस्थित भईदिन नगरबासी, श्रद्धालु भक्तजन तथा सरोकारबाला निकायलाई निमन्त्रणा समेत दिनुभएको बताउनुभयो । डोला एवं परिक्रमा स्थल जलेश्वर—६ को साहुजीपट्टीमा बुधबारको दिन धर्मसंस्थाबाट ७० मन चाबल,५ मन दाल,८ मन मिठ्ठा,२५ मन चिउरा, २.५ मन पिठो,१८ मन आलु,१.५ क्वीन्टल दही,चिनी,घ्यू,मसाला,खाने तेल,दाउरा,पराल लगायतका आवश्यक सामाग्रीहरु बितरण गरिने बताउनुभयो । मुन्नी देवीको अध्यक्षतामा संंचालित कार्यक्रममा जलेश्वर न.पा.को उपप्रमुख मुनचुन देवी,उपाध्यक्ष श्याम नन्दन प्रसाद साह,सचिव गोपाल प्रसाद साह, कोषाध्यक्ष विशेश्वर प्रसाद बैश्य,सदस्यहरुमा नागेन्द्र प्र.साह,पवन साह लगायत अन्य सदस्यहरु,समााजसेवी,बुद्धिजिवी, प्रहरी प्रशासन, पत्रकार महासंघका अध्यक्ष कमलेश मण्डल , उपाध्यक्ष नागेन्द्र लाल कर्ण,सचिव महेश दास लगायत अन्य पदाधिकारीहरु ,वरिष्ठ पत्रकार बैद्यनाथ चौधरी, वरिष्ठ पत्रकार राकेश प्रसाद चौधरी,पत्रकार नबल कुुमार ,जलेश्वर टुडे रा.दैनिकका प्रकाशक र सम्पादक पवन कुमार साह,भूमि सप्ताहिकको सम्पादक रञ्जन भण्डारी लगायत अन्य पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न बक्ताहरुले समेत मेला व्यवस्थापनका बारेमा आफ्ना विचारहरु राख्नुभएका थिए । धर्मसंस्था परिवारले परिक्रमामा पाल्नु हुने नागा बाबाहरुलाई प्रत्येक वर्ष झै यस बर्ष अतिथि सत्कार गरिने बताउनुभयो ।