आरजे इर्शाद
जलेश्वर फागुन ३ गते
महोत्तरी जिल्ला एकडारा गाउँपालिकाको सम्पूर्ण वडामा संचालन भएको रुपान्तरण सत्र अन्तर्गत आज वडा नम्बर ३ अजमरपट्टि र वडा नम्बर ६ कोल्हुवामा World vision international Nepal र दलित समाज उत्थान समिति (DSWCN) नेपालको साझेदारीमा संचालित Protection Community Engagement and Child Sponsorship Program अन्तर्गत रुपान्तरण शत्र सचालन भएको छ ।

विभिन्न उदेश्य र लक्ष्य राखी आयोजना गरिएको कार्यक्रम अन्तरगत रुपान्तरण सत्र अत्यन्तै लाभदायक रहेको देखिन्छ रुपान्तरण सत्र Peer Leader द्वारा मेरो संसार, आत्म जागरण, अधिकार र कर्तव्य, लैङ्गिकता र समाजिक समाबेशिकरण जस्ता क्रियाकलापहरु समाबेश गरि सत्र सचालन भईरहेको छ । सत्रमा सहभागी किशोर किशोरीहरुले हामी यो रुपान्तरण सत्रमा ब्यक्तिगत, घरायसी तथा समाजिक क्रियाकलापहरुको बारेमा धेरै कुरा सिकेकाछौ, जस अन्तर्गत ब्यक्तिहरुमा हुने शारीरिक तथा मानसिक परिवर्तन, समुदायमा कसरी बोल्ने, कुन ब्यक्ति माथी कति बिश्वास गर्ने, कस्ता ब्यक्ति संग आफ्नो गोप्य कुराहरु शेयर गर्ने, कस्तो ब्यक्तिहरुलाई साथी बनाउने जस्ता धेरै सकारात्मक कुराहरु सिकेका छौ । साथै रुपान्तरण सत्र वास्तवमा हाम्रो लागि अति नै लाभदायक रहेको छ । यस सत्रले हाम्रो आत्मबल निकै बलियो बनाउन सहयोगिको रुपमा रहेकोछ जसले गर्दा हामी जुनसुकै परिस्थितिमा बोल्न सक्षम बनाएको छ।
दलित समाज उत्थान समिति, नेपाल (DSWCN) को सचिव अजय पासवान, DSWCN का समाजिक परिचालक सौरभ सुमन, कर्मचारी गौतम शर्माले रुपान्तरण सत्र संचालनको अवस्था, प्रगती विवरण, समस्याहरुको बारेमा रुपान्तरण सत्र संचालन भएको स्थानहरुमा स्थलगत अनुगमन गरि किशोर किशोरीहरुसंग उनिहरुको मनोभाव बुझेका थिए ।

