सेवाश्रम नेपालको १९ औं पुरस्कार वितरण कार्यक्रममा सामुदायिक विद्यालयको शिक्षक उपेन्द्र प्रथम – Jaleshwortoday

सेवाश्रम नेपालको १९ औं पुरस्कार वितरण कार्यक्रममा सामुदायिक विद्यालयको शिक्षक उपेन्द्र प्रथम

 May 12, 2025  
22

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २८ बैशाख

सेवाश्रम नेपालको हाजिरीजबाफ प्रतियोगिताको १९ औं पुरस्कार वितरण कार्यक्रममा सामुदायिक विद्यालयको शिक्षक उपेन्द्र कुमार यादव पुनः प्रथम भएको छ । पूर्व जिसिअ दानीकान्त झाको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथि पूर्व सिडीओ जिवछ मिश्र तथा पूर्व शिक्षक तथा साहित्यकार धिरेन्द्र झा मैथिलको उपस्थिति रहेको थियो । श्री राष्ट्रिय आधारभूत विद्यालय महोत्तरी गा.पा.सनुखराको शिक्षक यादवले करिब डेढ वर्षमा १५ वटा कार्यक्रमहरुमा सहभागि भई प्रथम स्थान अगोटन सफल भएका छन् भने २७,७५० बराबरको सामाग्रीहरु प्राप्त गरेका थिए । सोही प्रतियोगितमा शिवम साह द्वितिय,संजीव महतो तृतिय,उज्जवलजी उन्नती चतुर्थ,राजु यादव पञ्चम र सुरज यादव छैठो भएका थिए । ती विजेताहरुलाई समोत आकर्षक पुरस्कार प्रदान गरिएको थियो । यस कार्यक्रममा सहभागि हुनको लागि मोबाइल नम्बर ९७६२३०५६२३ मा सम्पर्क गरी समावेश हुन सक्ने अध्यक्ष झाले बताउनुभयो ।