अब खोपको पालो गुरुहरुलाई दिऊ – Jaleshwortoday

अब खोपको पालो गुरुहरुलाई दिऊ

 June 9, 2021  
Education

कोरोना महामारीको संक्रमण तथा डरत्रास बढीरहेको परिवेशमा कक्षाकोठाको गुरुदेखि मठ मन्दिरका धार्मिक गुरुहरुलाई अब खोपको पालो तथा प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको देखिन्छ । कक्षाकोठा तथा धार्मिक गुरुहरु हाम्रा समाजका अगुवाहरु तथा समाज सुधारकहरु हुन् । यिनीहरुलाई स्वास्थ्य सुरक्षा प्रदान गर्नु राष्ट्र तथा सरकारको दायित्व हो । कक्षाकोठाका शिक्षकहरु सरकारी तथा निजी दुवै थरिकालाई समान रुपमा जिल्ला वा स्थानिय विभाजन अनुसार खोप उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको देखिन्छ । अहिले सरकारी शिक्षकहरुले समेत विभिन्न किसिमले समाजिक सञ्जालहरुमा विभिन्न अभिव्यक्तिहरु लेखेर पहिले खोप अनि पछि पढाई जस्ता विचारहरुले शिक्षकहरुलाई कोरोनाले त्रसित बनाएको बुझिन्छ । त्यसकारण पठनपाठ्न खुल्ला बातावरणमा हुने हुँदा यसको समाधानको रुपमा सरकारी तथा निजी शिक्षकहरु तथा विद्यालय कर्मचारीहरुलाई खोप उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको देखिन्छ । त्यसै गरी हाम्रा समाजलाई विभिन्न किसिमले अनुशासित तथा संस्कारी बनाई राख्ने धर्मगुरुहरु तथा अन्य सहयोगी गुरुहरु तथा कर्मचारीहरुलाई खोपको प्राथमिकता दिनुपर्छ । यसले गर्दा उनिहरु सुरक्षित भएर धर्मकर्म गर्न सक्नुहुन्छ । किनभने धर्मगुरुका शारिरीक अवस्था ज्यादै नै कमजोर हुन्छन् । तिनीहरुलाई रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । गुरुहरु लगायत अन्य बाँकी जनतालाई खोप दिनुपर्छ ।